×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा मतदाता र केन्द्रको टुंगो, २ लाख ५४ हजार ६१५ ले भोट हाल्ने


  •   सोमबार, चैत १४, २०७८
  • डोलराज रानाभाट । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचन २०७९ का लागि अन्तिम मतदाता संख्या र केन्द्र सार्वजनिक गरेको छ । आयोगले हिजो सो विवरण सार्वजनि गरेको हो।
    जसअनुसार नवलपुर जिल्लामा २ लाख ५४ हजार ६१५ जना मतदाताले भोट हाल्न पाउने भएका छन् । जसमा १ लाख ३३ हजार ५७३ जना महिला र १ लाख २१ हजार ३८ जना पुरुष रहेका छन् । ४ जना अन्य लिङ्गीका मतदाता समेत नवलपुरमा रहेका छन् । आयोगले यस जिल्लामा ११३ वटा मतदान स्थल र २९९ वटा मतदान केन्द्र रहनेगरी टुंगो लगाएको छ ।
    जिल्लाको कुल आठ स्थानीय तहमध्ये सवैभन्दा धेरै मतदाता कावासोती नगरपालिकामा रहेका छन् । जहाँ ५५ हजार ३३० जनामा २९ हजार ४३९ महिला र २५ हजार ८८९ पुरुष रहेका छन् । २ जना अन्य लिङ्गी समेत रहेको यहाँ २१ मतदानस्थल र ६४ वटा केन्द्र तोकिएको छ ।

    Advertisement

    दोस्रो धेरै मतदाता रहेको स्थानीय तह गैँडाकोट नगरपालिका रहेको छ । यहाँ ४७ हजार ७१५ मतदाता छन् । जहाँ २५ हजार ७९ महिला र २२ हजार ६३६ पुरुष मतदाता छन् । २१ वटा मतदान स्थल र ५५ वटा मतदान केन्द्र तोकिएको छ ।

    मध्यविन्दु नगरपालिकामा ४४ हजार ९६४ मतदातामा २३ हजार ८९९ महिला र २१ हजार ६३ पुरुष रहेका छन् । २ जना अन्य लिङ्गी समेत रहेका यहाँ २० वटा मतदान स्थल र ५२ वटा मदतान केन्द्र तोकिएको छ ।

    देवचुली नगरपालिकामा ३६ हजार ८६९ मतदाता रहेकोमा १९ हजार ४६८ महिला र १७ हजार ४०१ पुरुष रहेका छन् । मतहाल्न यहाँ १९ वटा मतदानस्थल र ४६ वटा मतदान केन्द्र तोकिएको छ ।

    विनयी त्रिवेणी गाउँपालिकामा १३ हजार ८६७ महिला र १२ हजार ७६६ पुरुष गरी कुल २६ हजार ६३३ जना मतदाता रहेका छन् । यहाँ ११ वटा मतदानस्थल र ३० वटा मतदानस्थल तोकिएको छ ।

    हुप्सेकोट गाउँपालिकामा १९ हजार १०६ जना कुल मतदातामा ९ हजार ९४० महिला र ९ हजार १६६ पुरुष मतदाता छन् । ९ वटा मतदानस्थल र २३ वटा मतदान केन्द्र तोकिएको छ ।

    बुलिङटार गाउँपालिकामा १२ हजार ५०१ कुल मतदातामा ६ हजार १६७ महिला र ६ हजार ३३४ पुरुष रहेका छन् । ६ वटा मतदानस्थल र १६ वटा केन्द्र कायम भएका छन् ।
    बौदीकाली गाउँपालिकामा कुल मतदाता ११ हजार ४९७ जना रहेकोमा ५ हजार ७१४ जना महिला र ५ हजार ७८३ जना पुरुष रहेका छन् । यहाँ ६ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र कायम गरिएको छ ।

    देशैभर एकसाथ हुने निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । यो संख्या पाँच वर्ष पछि ३६ लाख ५९ हजार दुई सय ९९ सयले बढेको हा । २०७४ को स्थानीय निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

    २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।

    गण्डकी प्रदेशभर भने १७ लाख ८९ हजार ४११ मतदाता कायम भएका छन् । जसमा ९ लाख २४ हजार ९४८ जना महिला, ८ लाख ६४ हजार ४५२ जना पुरुष र ११ जना अन्य छन् । प्रदेशभर १ हजार २५३ मतदानस्थल र २ हजार ३ सय मतदान केन्द्र तोकिएको छ ।
    देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

    सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।


    जिल्लाका सवै स्थानीय तहका लागि हिजो नै मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकिएको छ ।

    नवलपुरमा मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकियो

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.