पौष २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाले नचाहेर एकता भाँडिएको बताएका छन् । आफूलाई साधारण सदस्य मात्रै दिएपनि हुने भनेर प्रस्ताव गरेपनि उचित व्यवस्थापन नगरेपछि एकता भाँडीएको बताएका हुन् ।
१२ दिनसम्म वार्ताको नाउँमा झुलाएर राखेको र सहमति कार्यान्वयन नगरेको आरोप लगाए । वाध्य भएर उज्यालो नेपाल पार्टी एक्लै चुनावमा जाने बताए ।
आफूलाई साधारण सदस्य मात्रै दिएपनि पार्टीका साथीहरुलाई भने उचित व्यवस्थापन गर्न माग गरेको स्वीकार्दै पदको लोभ नगरेको दाबी गरे । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने आज सचिवालय बैठक राखेर अनुचित पदहरुको बार्गेनिङ गरेकाले एकतामा जान नसकिएको स्पष्ट पारेको थियो ।

समानुपातिक सदस्यहरुको मनोनयका विषयमा व्यवस्थापन नभएपनि प्रत्यक्षमामात्रै भएपनि देशभर चुनाव लड्ने दावी गर्दै घिसिङले सवै नेपालीहरुलाई मत हालेर जिताउन आह्वान गरे ।
लामो समयको लोडसेडिङको अन्त्य गर्न सफल भएको भन्दै जनतालाई डेलिभर चाहिएको र त्यो उज्यालो नेपाल पार्टीले गर्ने उनको दाबी थियो ।



