×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरका लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत तोकियो (हेर्नुहोस् कुन पालिकामा को ? )


  •   आइतबार, चैत १३, २०७८
  • डोलराज रानाभाट, गैँडाकोट । स्थानीय तहको निर्वाचन २०७९ का लागि नवलपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीलाई तोकिएको छ ।

    Advertisement

    जिल्लामा रहेका आठ स्थानीय तहमध्ये कावासोती नगरपालिकामा रहने गरी उहाँलाई जिम्मेवारी दिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
    चुनाव आउन ४७ दिन बाँकी हुँदा आयोगले देशभरका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकेको हो ।

    जिल्लाको गैँडाकोट नगरपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत दिपशिखा मुनाकमीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    देवचुली नगरपालिकाका लागि जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता कमलराज पन्थी, मध्यविन्दु नगरपालिकाका लागि नवलपुर जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौडेल, बुलिङटार गाउँपालिकाका लागि जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी देवीप्रसाद आचार्य, बौदीकाली गाउँपालिकाका लागि मालपोत कार्यालय कावासोतीका प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्याल, विनयी त्रिवेणी गाउँपालिकाका लागि लोकसेवा आयोगका कानूनतर्फका उपसचिव लोकहरि कडेँल र हुप्सेकोट गाउँपालिकाका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार यज्ञमुर्ति ज्ञवालीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो। चैत २९ देखि लागू हुने गरी उहाँहरु नियुक्त हुनुभएको हो ।

    उहाँहरुलाई निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

    वैशाख २ गते हेटौँडामा हुने उक्त अभिमुखीकरणमा अनिवार्य सहभागी हुनु समेत अनुरोध गरिएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति पत्र अभिमुखीकरण कार्यक्रममै उपलब्ध गराइने निर्वाचन आयोगले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.