चितवन । देशकै प्रशिद्ध धार्मिक तीर्थस्थल देवघाटमा आयुर्वेदीक अस्पताल बन्ने भएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा उक्त अस्पताल निर्माण हुने भएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ९ कोठे आर सिसी भवनको सिलान्यास गर्दै चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
बिहीवार भएको शिलान्यास पछि बोल्दै उहाँले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरि संचालनमा ल्याएको जानकारी दिनुभयो ।
आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउदैं वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी संचालनमा ल्याईएको छ । उक्त अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरि १ सय सैयामा स्तरबृद्धी गर्ने प्रकृया पनि अगाढी बढाईएको दाहालले बताउनुभयो ।
शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ ।
शिलान्यास कार्यक्रम महानगरपालिका १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
देवघाटमा आयुर्वेदीक अस्पताल बन्ने
देवघाटमा आयुर्वेदीक अस्पताल बन्ने
Advertisement
तपाईको प्रतिक्रिया



