असोज १८ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आज देखि सुरु भएको छ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले देशले आर्थिक विकासमा प्रगति गर्न नसकेको भन्दै अहिले बनेको नयाँ सरकार र अव आउने काँग्रेस लगायतका पार्टीका नयाँ युवा नेतृत्व मिलेर आर्थिक पक्षलाई केन्द्र बनाई विकासमा लाग्न आह्वान गरे । विश्वकै पहिलो र दोस्रो अर्थतन्त्र बनेका देशको छिमेकी भएर पनि नेपालमा त्यसमा फाइदा लिन नसकेको बताए ।
जेन्जी आन्दोलन विदेशीको आदेशमा भएको भन्ने आरोप आरोप मात्रै भएको भन्दै नेताहरुकै कारणले उनीहरु सडकमा आएको बताए । यदि उनीहरुको माग अनुसारको विकास र सपना देखाई त्यसलाई पूर्णता दिन सकेको भए त्यो अवस्था नआउने उनको दावी थियो । त्यसैले देशको विकासका लागि सवैलाई एक पटक सुधारिएर सोच्न आग्रह गरे ।
अवको १० देखि २० वर्षमा देश कहाँ पुग्ने भन्ने योजना बनाएर सवै दल मिलेर विकासको प्रतिस्पर्धा गर्न उनको आह्वान थियो।
कार्यक्रममा डा भट्टराइले काँग्रेसले आन्तरिक विवाद पनि मिलाएर एक भइ महाधिवेशन भएको भए अझ राम्रो हुने सुझाव दिए ।
साथै उनले अहिलेको सरकार ५ वर्ष टिकाउन आग्रह गर्दै सहमति बनाइ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान सुझाव दिँदै देशको आवश्यकता र जनताको चाहाना अनुसार संघीय संरचनामा पुनविचार गर्न उनको आग्रह थियो । संविधानलाई छटकानी नगर्न चेतावनी दिँदै सुधार गर्नुपर्ने भए सुधार गरे हुने बताए ।
संविधानलाई रक्षा गर्दै यसैको आधारमा विकास अगाडि बढाउन आग्रह गरे ।



