×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

यसै आर्थिक वर्ष शक्तिखोरमा औद्योगिक क्षेत्र बनाइने


  •   शुक्रबार, असोज १५, २०७८
  • चितवन।  नेपाल सरकारले यसै आर्थिक वर्षमा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले शक्तिखोरमा निर्माण गरिने औद्योगिक क्षेत्रको काम शून्यमै छ भन्ने हल्ला मात्रै भएको तर गति पनि लिन नसकेको बताउनुभयो । केही काम भइरहेको बताउँदै सचिव पोखरेलले चालु आर्थिक वर्षमा आकार दिनेगरी काम गर्ने बताउनुभयो ।

    Advertisement

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिवतन उद्योग संघको परिसारमा गरेको औद्योगिक करिडोरका उद्योगीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले पूर्व पश्चिम राजमार्गको करिव बीच भागमा रहेको र राजधानीबाट समेत नजिक रहेको भन्दै सरकारले चितवनमा औद्योगिक क्षेत्र निर्माणमा विशेष चासो दिएको उहाँको भनाई थियो ।

    चाँडै संचालनमा ल्याउने गरी काम गर्ने बताउँदै केही प्राविधिक कारण मात्रै काम अघि बढ्न नसकेको उहाँको भनाई थियो । यसै वर्षमा एउटा मोडलमा लैजानेगरी काम हुने उहाँको भनाई छ ।

    पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो। शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । शक्तिखोरस्थित पूर्वमाओवादी लडाकुको शिविर नजिक एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो ।

    ३७ अर्ब लागतमा बनाइने उक्त क्षेत्रमा १८ प्रकृतिका ७ सय २२ उद्योग रहने गरी डिजाइन गरिएको छ । यसको २५ प्रतिशत क्षेत्रमा हरियाली पार्क हुनेछ भने अपार्टमेन्ट, खेलमैदान, अस्पताल, हेलिप्याडलगायतका संरचना बनाउने बताइएको छ ।

    तत्कालीन नेकपा माओवादीको लडाकु शिविर रहेको यस क्षेत्रमा अहिले नेपाली सेना बस्दै आएको छ । अहिल नेपाली सेना रहेको उक्त ठाउँमा करिब २० प्रतिशत जमिन नेपाली सेनाले उपयोग गर्छ । ४२ प्रतिशत क्षेत्र उद्योग, २ प्रतिशत वाणिज्य र ६ प्रतिशत आवासका लागि प्रयोग गर्ने लक्ष्य राखिएको बताइएको छ ।

    देशमा उद्योग कलकारखाना विकासका लागि सरकारले विशेष योजना सहित करिडोर र ग्राम गरी दुई प्रकारको बाटोबाट अगाडि बढेको सचिव पोखरेलले बताउनुभयो ।

    उद्योग तथा उद्योगी व्यवसायीलाई सरकारले संरक्षण भन्दापनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराउन सक्रिय रहेको बताउँदै अव जग्गा किनेर उद्योग चलाउन नसक्ने सचिव पोखरेलको भनाई थियो । त्यसैले सरकारले जग्गा उपलब्ध गराउने उहाँको भनाई थियो ।

     

    सरकारले पानी,ढल निकास, विद्युत लगायतको पूर्वाधार बनाइदिने र वाँकी उद्योगीले निर्माण गरेर संचालन गर्ने वातावरण बनाउन लागि परेको जानकारी दिनुभयो। पछिल्लो समय दक्ष जनशक्तिको अभावले उद्योगमा समस्या भइरहेको बुझेर सरकारले पोखरा युनिभर्सिटी र सिटीईभिटीबाट युवाहरुलाई पढाउने गरी सम्झौता गरेको बताउनुभयो । यसले देशका उद्योग कलकारखानाका लागि आवश्यक जनशक्ति उत्पादन हुने उहाँको दावी थियो ।

    सातै वटै प्रदेशमा औद्योगिक मजदुरहरु उत्पादन गर्ने र सरकारले तोक अनुुसारको सेवा सुविधा दिएर हायर गर्न सक्नेगरी काम अगाडि बढाउने पोखरेलले बताउनुभयो ।


    कार्यक्रममा उद्योगीहरुले वर्तमान समस्या, चुनौति र अवसर तथा ऐन नियमका समस्या समाधान गर्न माग गरेका थिए । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,बागमति प्रदेश उद्योग परिसंघका अध्यक्ष ऋषिराम घिमिरे, उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.