×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम


  •   बुधबार, भदौ ११, २०८२
  • भदाै ११ । तनहुंकाे ऋषिङ गाउंपालिका ४ भिरकाेटमा भएकाे तिज गीत प्रतियोगितामा यस पटक पनि काेपिला आमा समुह प्रथम भएकाे छ । पालिङटारकाे याे आमा समुहले गत बर्ष पनि प्रथम स्थान हासिल गरेकाे थियाे ।
    देशकाे राजनितीक बिकृति तथा बिसंगती र संसदमा बहसमा आएकाे बहुबिवाहलाइ मान्यता दिने जस्ता विकृत विषयकाे तीखाे आलाेचना सहितका शब्द गीतमा उल्लेख थिए ।
    गणतन्त्र आएकाे यतिका बर्षसम्म कुनै उद्योग कलकारखाना स्थापना नभएको, युवा शक्ति श्रम र अनुभवलाई देशमा प्रयाेग गर्न असफल भइ युवाहरु विदेशीनु परेकाे विषयलाई गीत मार्फत प्रस्तुत गरेका थिए । प्रथमसंगै उनीहरुले ५ हजार नगद हात पारेका छन् ।

    Advertisement

    संजालले बर्सेनि हरितालीका तिजकाे संरक्षण र प्रवर्द्धनमा भूमिका खेल्दै प्रतियोगिता आयाेजना गर्दै आएकाे छ ।

    स्थानीय एवम् शिक्षक बिर्खराज विकका अनुसार प्रतियोगितामा जुनेली आमा समुह द्वितीय, जनसेवा आमा समुह र मण्डली आमा समुह तृतीय हुदै क्रमशः ३ हजार र २ हजार प्राप्त गरेका छन् ।
    गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रम हुमादेवी रानाभाटले चलाउनु भएको हाे ।

    प्रतियाेगितात्मक रुपमा कार्यक्रम हुंदै आएपनि परम्परागत रुपमा समुह समुहमा बसेर झाेरा लगाउने संस्कृति भने लाेप भएकाे छ । केही बर्ष पहिलेसम्म भने विभिन्न ठाउँबाट स्वत:स्फूर्त आएर समुहमा गीत गाउने नाच्ने गर्दथे । आफ्नाे गाउँ समाजका विभिन्न विषयलाइ गीत बनाएर नाच्ने गाउने गर्दथे । जसले तिजकाे माैलिकपन झल्काउने गर्दथ्याे । त्यसरी गाउने नाच्ने समुहकाे अवलाेकन मूल्यांकन गरी पुरस्कृत गर्ने परम्परा थियाे । गणतन्त्र आएर गाउँपालिका भएसंगै साे परम्परा भने हराएकाे छ । अहिले प्रतियाेगितात्मकरुपमा मात्रै संचालन हुने गरेकाे हाे । त्याे संगै पहिला जस्ताे गाउंमा मानिसहरुकाे बसाइ पनि पातलिदै जांदा उक्त परम्पराले निन्तरता नपाएको स्थानीयकाे भनाइ छ । अहिले प्रतियोगिता सकियपछि माइकमा बजारमा आएका विभिन्न तिज गीत लगाएर नाच्ने र रमाइलाे गर्ने गरिन्छ ।

    कार्यक्रममा वडा अध्यक्ष प्रेम श्रेष्ठले कार्यक्रम गर्न वडाले बजेट दिंदापनि कार्यक्रममा सहभागी समुह कम भएको भन्दै गुनासो गर्नुभयो । भिरकोटका सबैतिरबाट सहभागीता बढ्नुपर्नेमा उहाँको जोड थियो । गीत मार्फत व्यक्त गरिने शब्दले गाउँको समस्या समेत थाहा पाउन मद्दत मिल्ने भन्दै मनोरन्जनसंगै यसले जनप्रतिनिधिलाइ थप जिम्मेवार बनाउनेमा उहाँको दाबी थियो ।

    कार्यक्रममा निवर्तमान वडाअध्यक्ष भाेजराज रानाभाट, नेता माेहन गिरी लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।
    कार्यक्रम बाल बिकास माविकाे प्राङ्गणमा भएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.