×
आइतबार, कार्तिक ०९, २०८३
☰
आइतबार, कार्तिक ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो


  •   मङ्गलबार, भदौ २४, २०८२
  • भदौ २४ । देशमा भ्रष्टचार बढ्दै गएको र त्यसको संरक्षणमा सरकार आफै लागेको भन्दै नयाँ पुस्ता अर्थात् जेनजीले हिजो भदौ २३ देशभर बृहत प्रदर्शन गरेका छन् ।

    Advertisement


    भ्रष्टचार नियन्त्रण गर्न माग गरेका युवाहरुलाई भने सरकारले गोली बर्षाएको छ । जसका कारण काठमाण्डौ र देशका अन्य भाग सहित गरी १९ जनाले ज्यान गुमाएका छन् । आन्दोलनको भीड नियन्त्रणको सामान्य नियमपनि पालना नगरी सरकारले बर्बरता गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।

    काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।

    काठमाडौ बाहिरका धेरै सहरहरुमा जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध सरकारले दमन गरेको थियो ।

    नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    प्रहरीले न्युनतम संयमता पनि गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा निजामती अस्पतालभित्रै पसेर प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरुलाई समेत अश्रु ग्यास लागेको थियो ।
    ‘भ्रष्टलाई जवाफदेही बनाउन,सरकारमा पारदर्शीता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टचारलाई निष्प्रभावी पार्न सकियोस् र न्याय, शान्ति र विकास होस्’ भन्ने मूख्य उद्देश्य रहेको जेनजी मुभमेन्ट नेपालले जनाएको थियो ।
    आन्दोलन शान्तिपूर्ण, अनुशासित र कानुनी हुनेछ भन्दै हिँसा तोडफोड हुने छैन भनिएको थियो । तर आन्दोलनमा घुसपैठ भएको भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.