×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

  • २. प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

  • ३. रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

कुष्ठरोगको समयमै उपचार गर्न विज्ञहरुको सुझाव


  •   आइतबार, माघ १५, २०७९
  • चितवन । कुष्ठरोगको समयमै उपचार गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
    रोग पत्ता लगाइ समयमै उपचार गर्नाले कुरुप र अंगभंग हुनबाट बच्न सकिने विज्ञहरुले बताएका हुन् । ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले आज आयोजना गरेको छलफल कार्यक्रममा कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले समयमै पत्ता लगाएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने बताउनु भयो ।

    Advertisement

    उहाँले सर्ने खालको कुष्ठरोगका लागि एक वर्ष र नसर्ने खालको कुष्ठ रोगका लागि ६ महिना औषधि खाएमा पूर्ण रुपमा निको हुने बताउनुभयो । चितवनमा बि.सं. २०५१ सालदेखि हालसम्म १ हजार ९०० जना कुष्ठरोगी औषधि सेवनपछि निको भएको जानकारी दिनुभयो । कुष्ठरोगीसँग नियमित सम्पर्कमा आउनेहरुलाई रोग सर्न सक्ने बताउनुभयो ।

    २०७६ देखि ०७८ सालसम्म विगतमा कुष्ठरोगी रहेका छ सय जनाको नजिकका करिब ३० हजारलाई रोग नलागोस् भनेर एसडिआर औषधि खुवाईएको दुवाडीले जानकारी दिनुभयो । जिल्लामा हाल ५७ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरिरहेका छन् । सरकारले कुष्ठरोगको पहिचान र औषधि निःशुलक गर्दै आएको छ । पूरा मात्रा औषधि सेवन गरेकाहरुलाई औषधिको मात्रा पूरा भएपछि एक हजार रुपैयाँ यातायात खर्च समेत दिने गरेको दुवाडीको भनाई छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जनचेतनाको अभाव र समाजमा घृष्णाको दृष्टिकोणले हेर्ने हुँदा अझै पनि कुष्ठरोगीहरु खुलेर उपचारमा नआउने गरेको बताउनुभयो ।

    अझै पनि भगवानको श्राप वा पापका कारणले कुष्ठरोग लाग्छ भन्ने भ्रम रहेको भन्दै चापागाईले भन्नुभयो “कुष्ठ रोग सुक्ष्म किटाणुको संक्रमणबाट हुने रोग हो । यो कुनै श्राव वा पापका कारणले लाग्ने होइन ।” चार हजार वर्षभन्दा पुरानो रोग रहेको भन्दै चापागाईले सीमान्तकृत र जनजातिमा कुष्ठरोगको संक्रमण बढी देखिने गरेको बताउनुभयो ।
    विश्वभरमा गरिएको अध्ययन अनुसार संसारका ९९ प्रतिशत मानिसमा कष्ठरोगसँग लड्ने प्रतिरोध शक्ति हुन्छ । अर्थात सय जना मानिसको शरीरमा कुष्ठरोगकाजीवाणुले प्रवेश गरेमा एक जनालाई मात्र यो रोग लाग्न सक्छ । बिरामीले श्वास फेर्दा वा हाच्छिउँ गर्दा कुष्ठरोगका जीवाणु बिरामीको शरीरबाट बाहिर आउँछ र स्वस्थ व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्छ ।

    कुष्ठरोगका मुख्य लक्षणहरुमा शरीरमा नचिलाउने रातो वा फुस्रो दागहरू देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराएर जानु, स्नायु ९नशा० सुन्निनु र पीडा हुनु, हात खुट्टा ताथा आँखाको मांशपेशीहरू कमजोर हँुदै जानु, कानको लोती बाक्लो हुनु वा लोतीमा गिर्खाहरू देखिन, अनुहारको छाला रातो, बाक्लो र चिल्लो, चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु आदि हुन् । यी मध्ये एक–दुई वा सबै लक्षणहरु देखिन सक्छन् ।

    कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ । बढी किटाणु भएको अर्थात सर्ने (एमबी) कुष्ठरोग र कम किटाणु भएको अर्थात नसर्ने ९पीबी० कुष्ठरोग । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात ९एमबी० कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ ।

    बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.