×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा कृषि गणना सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न


  •   सोमबार, चैत १४, २०७८
  • गैँडाकोट । नवलपुरमा पनि कृषि गणना सम्वन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि गणना अधिकृत रेणु कुमारी घिमिरेले सातौँ राष्ट्रिय कृषि गणनाको समग्र जानकारी र संकलन गरिने तथ्याङ्कबारे बताउनुभएको थियो । हरेक १० /१० वर्षमा आउने यस गणनामा यथार्थ तथ्याङ्क संकलनमा सवैले सहयोग गर्नुपर्ने बताउँदै जिल्लाबाट तयारी तीव्र बनाएको जानकारी दिनुभयो ।

    Advertisement

    नवलपुरको आठ वटा स्थानीय तहमा १५५ गणना क्षेत्र कायम भएको र १४ जना सुपरीवेक्षक ५५ जना गणक खटिने बताउनुभयो । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित बैशाख ६ देखि जेठ १९ गते सम्म गणना गरिने घिमिरेको भनाई छ ।

    जिल्ला कृषि गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले जनस्तरमा कृषि गणनाको जानकारी पुर्याउन सुझाव दिनुभयो । जनगणनामा धेरै घर परिवार छुटेको भन्दै कृषि गणनामा त्यो कमी कमजोरी दोहोरिन नहुने बताउनुभयो ।

    मन्त्रालयमा बसेर बनाएका योजनाले फिल्डको वास्तविकता नआउने हुँदा अहिले संकलित तथ्याङ्क यथार्थ र तथ्य सहित ल्याउन आग्रह गर्नुभयो । जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने सवै सहयोग गर्न तयार रहेको भन्दै आलेले गणना हुने १५५ वटै क्षेत्रमा कृषकले थाहा पाउने गरी सूचना पुर्याउन सुझाव दिनुभयो । आलेले भन्नुभयो,“एकै चोटी झ्वास्स गएर प्रश्नहरु गर्दा कृषक आत्तिन सक्छन् । सही उत्तर नदिन सक्छन् । त्यसैले कस्ता प्रश्नहरु गरिन्छ त्यो बारे पर्याप्त छलफल र सूचना पुर्याउनुपर्छ ।”

    वडास्तर सम्म निर्माण भएका समितिलाई सक्रिय बनाउँदै सातौँ कृषि गणना सफल पार्न शुभकामना दिनुभयो । साथै प्रभावकारी अनुगमन समिति पनि बनाउन सके विश्वसनीय तथ्याङ्क आउने दावी गर्नुभयो ।

    सम्बन्धित अन्य समाचार

    नवलपुरमा कसरी गरिदै छ कृषि गणना

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.