×
बुधबार, असार ०३, २०८३
☰
बुधबार, असार ०३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटमा ५५ मतदान केन्द्र कायम, ४७ हजार ७१५ ले भोट हाल्न पाउने


  •   सोमबार, चैत १४, २०७८
  • डोलराज रानाभाट । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचन २०७९ का लागि अन्तिम मतदाता संख्या र केन्द्र सार्वजनिक गरेको छ । आयोगले हिजो सो विवरण सार्वजनि गरेको हो।

    Advertisement

    जसअनुसार नवलपुर जिल्लामा २ लाख ५४ हजार ६१५ जना मतदाताले भोट हाल्न पाउने भएका छन् । जसमा १ लाख ३३ हजार ५७३ जना महिला र १ लाख २१ हजार ३८ जना पुरुष रहेका छन् । ४ जना अन्य लिङ्गीका मतदाता समेत नवलपुरमा रहेका छन् । आयोगले यस जिल्लामा ११३ वटा मतदान स्थल र २९९ वटा मतदान केन्द्र रहनेगरी टुंगो लगाएको छ ।

    जिल्लाको कुल आठ स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा ४७ हजार ७१५ मतदाता रहेको टुंगो लागेको छ । जहाँ २५ हजार ७९ महिला र २२ हजार ६३६ पुरुष मतदाता छन् । उनीहरुले नै २१ वटा मतदान स्थल र ५५ वटा मतदान केन्द्र तोकिएको, त्यहाँ भोट खसाल्नेछन् ।

    निर्वाचन गराउन आयोगले सर्वोच्च अदालतका इजलास अधिकृत दिपशिखा मुनाकमीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
    जिल्लाका आठ स्थानीय तहमा धेरै मतदाता हुने पालिकामा गैँडाकोट दोस्रो हो । पहिलो कावासोती रहेको छ । जहाँ ५५ हजार ३३० जनामा २९ हजार ४३९ महिला र २५ हजार ८८९ पुरुष रहेका छन् । २ जना अन्य लिङ्गी समेत रहेको यहाँ २१ मतदानस्थल र ६४ वटा केन्द्र तोकिएको छ ।

    सवैभन्दा थोरै मतदाता बौदीकाली गाउँपालिकामा कुल ११ हजार ४९७ जना रहेकोमा ५ हजार ७१४ जना महिला र ५ हजार ७८३ जना पुरुष रहेका छन् । यहाँ ६ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र कायम गरिएको छ ।

    देशैभर एकसाथ हुने निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

    सम्बन्धीत अन्य समाचार

    नवलपुरमा कति मतदाता ?

    चितवनमा कति मतदाता ?

     

     

     

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.