×
बिहिबार, साउन ०२, २०८२
☰
बिहिबार, साउन ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा ४५१ मतदान केन्द्रमा ३ लाख ९७ हजार ६८५ जनाले मत हाल्न पाउने


  •   सोमबार, चैत १४, २०७८
  • चितवन । आगामी स्थानीय तहको निर्वाचन २०७९ का लागि चितवनमा ३ लाख ९७ हजार ६८५ जना मतदाताको टुंगो लागेको छ । जसमा महिला २ लाख ४६ हजार ६६ , पुरुष १ लाख ९३ हजार १८ र १ जना अन्य लिङ्गीका छन् । उनीहरुले जिल्लाको १६१ मतदान स्थलको ४५१ मतदान केन्द्रमा भोट हाल्ने हुन् ।

    Advertisement

    चितवनमा सात वटा स्थानीय तह रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा सवैभन्दा धेरै १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । ९६ हजार ८६७ जना महिला, ८८ हजार ८८४ जना पुरुष र १ जना अन्य लिङ्गीका छन् । उनीहरुले नै आगामी स्थानीय तहको निर्वाचन २०७९ मा मत हाल्नेछन् । यहाँ ६५ वटा मतदान स्थल र २०२ वटा मतदान केन्द्र तोकिएको छ ।

    रत्ननगर नगरपालिकामा ५२ हजार ६४२ मतदाता रहेको आयोगले जनाएको छ । २७ हजार २९५ महिला, २५ हजार ३४७ पुरुष रहेका छन् । २१ वटा मतदान स्थल र ६० वटा केन्द्र तोकिएको छ ।
    खैरहनी नगरपालिकामा ४३ हजार ५३१ जना मतदाता रहेको र जसमा २२ हजार ७९९ महिला र २० हजार ७३२ जना पुरुष रहेका छन् । यहाँ ११ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ ।

    देशैभर एकसाथ हुने निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । यो संख्या पाँच वर्ष पछि ३६ लाख ५९ हजार दुई सय ९९ सयले बढेको हा । २०७४ को स्थानीय निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

    २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।
    बाग्मती प्रदेशभर भने ३४ लाख १२ हजार ८६९ मतदाता कायम भएका छन् । जसमा १७ लाख ७ हजार ९४२ जना महिला, १७ लाख ४ हजार ८९८ जना पुरुष र २९ जना अन्य छन् । प्रदेशभर १ हजार ७९२ मतदानस्थल र ४ हजार ९५ मतदान केन्द्र तोकिएको छ ।
    देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

    सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

    चितवनका लागि तोकिएका सहायक मतदान अधिकृतहरु , भरतपुर महानगरका लागि जिल्ला न्यायाधीश हेमन्त रावललाइ जिम्मेवारी दिइएको छ । उहाँलाईनै मुख्य निर्वाचन अधिकृतको समेत जिम्मेवारी छ ।

    राप्ती नगरपालिकामा २० हजार १५४ महिला र २० हजार ४९५ पुरुष गरी ४० हजार ६४९ जना मतदाता, १८ वटा मतदान स्थल र ४७ वटा मतदान केन्द्र तोकिएको छ ।
    कालिका नगरपालिकामा ३१ हजार १५७ जना मतदाता रहेको र १५ हजार ५९७ जना महिला र १५ हजार ५६० महिला रहेका छन् । यहाँ ११ वटा मतदान स्थल र ३७ मतदान केन्द्र तोकिएको छ ।

    माडी नगरपालिकामा २८ हजार ३२० मतदातामा १४ हजार ५६२ महिला, १३ हजार ७५८ महिला रहेका छन् । यहाा १५ वटा मतदानस्थल र ३२ वटा मतदान केन्द्र तोकिएको छ ।
    इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदातामा ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष रहेका छन् । १४ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र रहेको छ ।

     

     

     

     

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.