×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हाम्राे पार्टी एकाद मन्त्री मागेर खाने पार्टी हाेईन: डा. भट्टराई


  •   सोमबार, असोज २५, २०७८
  • कावासोती, असोज २५ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी एकथान मन्त्री मागेर खाने पार्टी नभएको प्रष्ट पार्नुभएको छ । देशको समग्र विकासका लागि विभिन्न पार्टीका नेता कार्यकर्ताको एकता भएर बनेको पार्टी भएकाले आगामी चुनावमा शसक्त पार्टी बन्ने बताउनुभयो उहाँको दावी थियो । उहाँले भन्नुभयो,“यो पार्टी केही थान मन्त्री मागेर खाने र राजनीतिक गर्नका लागि बनाएको होइन, देशमा संघीयता सहित समृद्धि ल्याउन निर्माण गरेको हो । ”
    ।
    जसपा नवलपुरले आज कावासोतीमा आयोजना गरेको संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा भट्टराइले सो कुरा बताउनुभएको हो ।
    संगठन बलियो नहुँदासम्म पार्टीले चाहेको नीति कार्यक्रम योजना कार्यान्वयन गर्न नसक्ने भन्दै उहाँले सवैलाइ जनताको घरघर गएर संगठन विस्तार गर्न निर्देशन दिनुभयो ।
    आगामी चुनावमा ३० लाख भोट ल्याउन सके मात्र पहिलो पार्टी बन्न सकिने बताउदै  सोही अनुसारको सगठन बलियो बनाउन निर्देशन दिनुभयो । अब साविकको पार्टी सिद्धान्त भुलेर अहिलेको पार्टी लाई मनमा लिदै पसीना बगाउन उहाँको अनुरोध थियो ।

    Advertisement

    एउटा घर बन्न आवश्यक पर्ने सवै सामाग्री प्राप्त भएको र यसलाई अव शुन्दर आकार दिएर घर बनाउन मात्रै वाँकी रहेको भन्दै अहिलेबाट चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई उहाँको निर्देशन थियो ।

    मसिर पुस सम्म विधान महाधिवेशन गर्ने बताउदै डा भट्टराइले नेतालाई रिजाएर पद पाउँछु भन्ने आश नगर्न आग्रह गर्नुभयो । जसले मेहनत र पसीना बगाउँछ उसैलाई जसपाले स्थान दिने समेत भट्टराईको भनाई थियो ।

    वृहत लोकतान्त्रीक पार्टी बनाउने भन्दै जनताले नयाँ शक्ति भएको पार्टीै खोजेकाले गुण्डा र भ्रष्टबाट टाढा राखेर संगठन बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीे सघीयता र समृद्धि  नै अहिलेको मूल एजेन्डा लिएर जनतामाझ गएको  भन्दै छिमेकी र शक्तिशाली राष्ट्रहरुवीच सुमधुर सम्वन्ध बनाइराख्नुपर्ने बताउँदै डा भट्टराइले एमसीसी अनुदान भएकाले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पाँच वर्ष भित्र अनुदानको काम सक्नुपर्ने भएकाले सवैको अपनत्व र जिम्मेवारीका लागि मात्रै एमसीसी संसदबाट पारित गर्नुपर्ने बुदा रहेको र कहिँपनि अमेरिकी सेना आउनेवारे उल्लेख नभएको उहाँले बताउनुभयो । अमेरिकी सेना आउने हल्ला मात्रै फिँजाएको उहाँको तर्क थियो ।

    अहिले पार्टीले चार महिने अभियान चलाएको भन्दै यो अभियानमा पाएको सुझाव अनुसार पार्टीले आफ्नो सिद्धान्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
    कार्यक्रममा पूर्व मन्त्री हिसीला यामीले संगठन बलियो बनाए मात्रै राज्य सत्तामा पुग्न सकिने भन्दै कार्यकर्ता निष्कृय नभए मुख्य नेताहरु बेरोजगार बन्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.