×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

साक्षर बागमती प्रदेश घोषणा


  •   सोमबार, असोज ११, २०७८
  • चितवन । बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा आज भएको एक कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।

    Advertisement

    मुख्य मन्त्री शाक्यले नेपालमा पहिलो साक्षर प्रदेश घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै साक्षर प्रदेश घोषणा गर्ने कार्यमा सवै जिल्लाहरुलाई साक्षर बनाउन अनवरत रुपमा लाग्नुहुने सवै सवैलाई धन्यवाद दिनु भयो ।

    सामाजिक विकास मन्त्री विजय सुवेदीले मिति २०७२ असार २ गते सिन्धुपाल्चोकबाट सुरु भएको साक्षर जिल्ला घोषणा कार्यक्रमले २०७८ असोज ४ मा काठमाण्डौ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिए संगै आज साक्षर बागमती प्रदेश घोषण अभियानेले मुर्त रुप लिएको बताउनुभयो ।

    बागमती प्रदेशमा १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९७.२२ प्रतिशत व्यक्ति साक्षर भै सकेकोमा अझै ४५३४५ जना मानिस साक्षर हुन बाँकी रहेकोले यो घोषणा यस उमेर समूहका बाँकी मानिसहरु र अन्य उमेर समूहका सवै मानिसहरुलाई समेत समेटेर पुर्ण साक्षर बागमती प्रदेश निर्माणको अभियानको थालनी भएको कुरा व्यक्त गर्नु भयो । साक्षरता संगसंगै जीवनोपयोगी ज्ञान तथा सीप सिकाईको निरन्तरता तथा सवै प्रदेशवासीहरुमा अध्ययन गर्ने बानीको विकास गर्न मन्त्रालयले निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेलले साक्षर प्रदेश घोषणा संगै आउने चुनौतिहरुको सामना गर्न सक्ने गरि मन्त्रालयले शैक्षिक योजना तयार गर्ने कुरा प्रकाश पार्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य तथा बागमती प्रदेशको साक्षरता प्रतिवेदन २०७८ प्रस्तुत गर्दै शिक्षा विकास निर्देशनालयका का.म्ु निर्देशक चन्द्रप्रसाद लुइटेलले बागमती प्रदेशको परिचय, साक्षर प्रदेशको उद्धेश्य, साक्षर कार्यक्रम संग सम्वन्धित नीति, सीप र प्रमाणीकरण,प्रदेश साक्षरता स्थिति, साक्षरता कार्यक्रमको रणनिति,अवको कार्यदिशा र चुनौतिका सम्वन्धमा प्रकाश पार्नु भएको थियो ।

    सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरि भण्डारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आधुनिक मा.वि हेटौडाका विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेको थिए भने शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका प्रमुख नन्दलाल पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा साक्षर जिल्ला घोषणा गर्ने सवै जिल्ला समन्वय समितिका प्रमुखहरु र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरुलाई कदर पत्र तथा सम्मान पत्रद्धारा सम्मान समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.