असोज १८ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु भएको छ कार्यक्रममा शेर बहादुर देउवा भने अनुपस्थित छन् । उनी र केपी शर्मा ओली बाहेकका अन्य नेताहरुको उपस्थिती छ ।
Advertisement
कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, प्रचण्ड, शंकर पोखरेल, बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिती छ । उदघाटन समारोहपछि भोलि र पर्सि बन्दसत्र हुनेछ ।
बन्दसत्रमा करिब ७ हजार बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । प्रतिनिधिहरुका लागि लागि हिमाल, पहाड र तराई–मधेश नामका तीन हल तयार पारिएको छ ।
नयाँ नेतृत्व चयनका लागि सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ ।



