पुष २७ । तनहुँको ऋषिङ गाउँपालिका ४ भिरकोटका नेपालहरी रानाभाटले नयाँ लोकदोहोरी गित ‘तिम्रो माया फूल जस्तै बसायो’ बजारमा ल्याएका छन् ।
भिरकोटमा जन्मिएका उनले आफ्नै शब्द लयमा गित बजारमा ल्याएका हुन् । बाल्यकाल देखिका सम्झनाहरुलाई शब्दमा उतारेका उनको गितमा रामजी पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ ।
राजमी पौडेल नामक युटुव च्यानलबाट आजदेखि भिडियो सहित बजारमा ल्याएका उक्त गितमा आफैले अभिनय गरेका छन् । चर्चित अभिनेत्री अन्जली अधिकारीको साथमा आफ्नो भूमिका निभाएका रानाभाटले अधिकाँश छायाँकन आफ्नै जन्मस्थानको वरपर,भिर,पाखा पखेरा खोलानालालाई टपक्क उतारेर बजारमा ल्याएका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
शैक्षिक क्षेत्रको सरकारी सेवामा निरन्तरता दिइरहेका उनले बजारमा ल्याएको यो लोकदोहोरी गितले चर्चा बटुल्न थालेका छ । टिकटकमा भिडियो बनाउनेहरु पनि बढिरहेका छन् ।
‘रामजी पौडेल युटुब च्यानलमा गई सब्सक्राइब, लाइक कमेन्ट र धेरैभन्दा धेरैलाई शेयर गरी सहयोग गरिदिनुहुन’ रानाभाटले आग्रह गरेका छन् ।
२ महिना अगाडि अडियो सार्वजनिक गरेका रानाभाटले आज पौष २७ राष्ट्रिय एकता दिवसकै दिन भिडियो सहित गित सार्वजनिक गरेका हुन् ।
उनी अहिले शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख हुन् ।



