चितवन, साउन २४ । ठगी आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलवको लोभ देखाउँदै ८५ जना व्यक्तिहरुबाट १ करोड ९७ लाख ठगी गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
काठमाण्डौ बसुन्धारा स्थित ओम इन्टरनेशनल प्रा।लि। बाट वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाउने भनी ८५ जना व्यक्तिहरुबाट १ करोड ९७ लाख बराबरको रकम ठगी गर्ने गुनेश कुमार ठाकुरलाई पक्राउ गरिएको हो ।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको प्रहरीको भनाई छ ।



