×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अलपत्र रंगशाला निर्माणका लागि सम्झौता


  •   सोमबार, असार २५, २०८१
  • चितवन । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन सम्झौता भएको छ । अलपत्र रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गरेको हो । आइतबार महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेकोमा १२ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।
    तिमध्ये सबैभन्दा कम लागत ६८ करोड २ लाख ६४ हजार रुपैयाँमा ठेक्का प्रस्ताव दिने सो कम्पनीसँग सम्झौता गरिएको महानगरले जनाएको छ । कम्पनीले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्याराफिट, ड्रेन, २ वटा ३र३ तल्लाको भिआईपी टावरलगायतका संरचनाहरू निर्माण सम्पन्न गर्नेछ । रंगशालामा ५ हजार जना दर्शक अट्ने प्याराफिट बनिसकेको छ । गत फागुन १७ गते महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

    Advertisement

    तर एउटामात्रै कम्पनीले प्रस्ताव राखेपछि त्यो प्रक्रिया विवादित बन्यो । महानगरले उक्त प्रक्रियामा राखिएको रंगशाला निर्माण गरेको कम्पनीलाई मात्रै ठेक्का दिने भन्ने मापदण्ड हटाइ उक्त टेण्डर रद्ध गरेर जेठ ३ गते पुनः टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक १ अर्ब १० करोड रूपैयाँको टेण्डर आह्वान गरिएको थियो । पछिल्लो टेण्डर प्रस्तावमा पहिलो पटक प्रस्ताव दिएको कम्पनीभन्दा १० लाख ७५ हजार कम प्रस्ताव पेश गरेको हिमालयन कालिञ्चोक जेभीसँग ठेक्का सम्झौता भएको महानगरले जनाएको छ ।

    ठेक्का सम्झौता अनुसार ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । हिमालयन कालिञ्चोक जेभी प्रवन्ध निर्देश्क विकास गौतमले १५ दिनपछि रंगशाला निर्माणको काम थाल्ने बताउनुभयो । काम ठप्प भएपछि भरतपुर महानगरपलिकाले स्वामित्व लिइ निर्माण प्रकृयाको बजेट सुनिश्चित गर्न पहल गरेको हो । रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पुरा गर्न भनेर आगामी वर्षका लागि ४ करोड ३० लाख रूपैयाँ बजेट नगरसभाबाट स्वीकृत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.