×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

शहरी सौन्दर्यमा वृक्षारोपणलाई जोड दिन वन कार्यालयको आह्वान, वर्षेनी लाखौँ विरुवा वितरण


  •   मङ्गलबार, फागुन १६, २०७९
  • चितवन । चितवनमा बढ्दै गएको शहरीकरणले प्रदुषण बढाउँदै लगेपछि जिल्ला वन कार्यालयले विरुवा वितरण र वृक्षारोपणमा जोड दिँदै आएको छ । शहरी सौन्दर्यका लागि वृक्षारोपणलाई प्राथमिकतामा राख्न आह्वान गर्दै वर्षेनी लाखौँ विरुवा निःशुल्क वितरण गर्दै आइरहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।
    कार्यालयको बगैँचामा गत वर्ष २ लाख पाँच हजार विरुवा उमारेर वितरण गरेको वनले यो पटक दुई लाख मौसमी र ६० हजार बहुवर्षीय विरुवा उत्पादन गरेको खनालको भनाई छ ।
    उत्पादन गरेका विरुवाहरु जिल्ला वन कार्यालयले तीन वर्षदेखि असार १४ वृक्षारोपण दिवस’ को दिनबाट नै वितरण सुरु गर्ने गर्दछ । वन कार्यालयले असारदेखि भदौसम्म विरुवाहरु निःशुल्क वितरण गर्छ । सामुदायिक वन, धार्मिक वन, विभिन्न संघसंस्था र व्यक्तिले विरुवा लैजाने गर्छन् ।
    वर्षेनी विरुवा निशुल्क वितरण गरेपनि अनुगमन गर्न भने कठिन हुने गरेको खनाल बताउँछन् । संघ संस्थाले लगेको विरुवावारे अनुगमन हुने गरेपनि व्यक्तिले लगेको विरुवाको अवस्थाबारे अनुगमन प्रभावकारी हुन नसकेको खनालको भनाई छ । खनाल भन्छन्‘व्यक्तिहरुले धेरै विरुवा लगेको तथ्याङ्क छ । तर संस्थाको अनुगमन गछौँ । व्यक्तिले लगेको विरुवाको अनुगमन गर्न असाध्यै गाह्रो छ ।’
    खनालका अनुसार कार्यालयले फलफूल,जडिबुटी,रुखजन्य, डाले घाँस, सौन्दर्यजन्य विरुवा वर्षेनी उत्पादन गर्दै आएको हो । जसमा डाले घाँसअन्र्तगत बडहर, कोइरालो, बर्रो र डेकोरेटिभ, रुखजन्यमा कपुर, धुपी, म्याङ्गोस्टिक, राजवृक्ष जस्ता विरुवा रहेको छ ।

    Advertisement


    वनले उत्पादन गरेको विरुवाहरुमध्ये सवैभन्दा धेरै कपुर, धुपीको माग बढिरहेको खनालको भनाई छ । चाँपको विरुवा माग गर्नेहरुले समेत अहिले आफ्नो रोजाइ परिवर्तन गर्दै सौन्दर्यता देखाउने विरुवाहरुमा आकर्षण वढ्दै गएको देखिन्छ ।

    खनालले भने ,“मानिसहरुको चाहाना र आवश्यकता अनुसार विरुवाहरु उत्पादन गर्दै आइरहेका छौँ । शहरीकरण मात्रै भएर हुँदैन । हरियाली पनि त्यतिकै आवश्यक छ । ”
    यस वर्ष ६० हजार बहुवर्षिय विरुवा उत्पादन गरिएको खनालले जानकारी दिए । ‘पछिल्लो समय कपुर, धुपी, म्याङ्गोस्टिक, जाकाराण्डाका विरुवा धेरै छन्, त्यसपछि कागती र श्रीखण्ड पनि उत्पादन गर्न खोजिरहेका छौँ’।

    ‘चितवनमा सबैभन्दा बढि विरुवाहरु रोडसाइट प्लाण्टेसनमा केन्द्रित भएको देखिन्छ’, उनले भने, ‘पोहोर साल झण्डै पचास हजार म्याङगोस्टिक विरुवा वितरण भएको थियो ।’

    पछिल्लो समय विरुवा लैजाने र रोप्ने मानिसहरुको रुची बढेपनि बहुवर्षिय कुन वर्षलाई मान्ने भन्ने आधार स्पष्ट नहुँदा समस्या हुने गरेको छ । सूचना अधिकारी खनालका अनुसार वन मन्त्रालयले बहुवर्षीय विरुवा कहिलेदेखि वितरण गर्ने भनेर स्पष्ट निर्देशन दिएको छैन । विरुवा हुर्र्काएको कति वर्षपछि त्यसलाई वितरण गर्ने भनेर निर्देशन नहुँदा समस्या हुने गरेको हो ।

    खनाल भन्छन्,“ बहुवर्षिय मात्रै भनेको छ, विरुवा एक वर्षपछि मात्रै दिने हो कि ? दुई वर्षपछि दिने हो ? भन्ने कुराको स्पष्टता भएन ।’
    तर उत्पादन भइसकेपछि मन्त्रालयलाई पनि सोधेर विरुवा वितरण गर्ने गरेको खनालले जानकारी दिए ।
    गत वर्षसम्म तीन वर्ष पुगेका विरुवा वितरण गर्ने गरिएको थियो । अहिले विरुवा कति वर्षको पुगेपछि वितरण गर्ने भनेर स्पष्ट निर्देशन नआएको खनालले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.