×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माडी जाेड्ने निकुञ्ज भित्रकाे सडक अण्डरपास गराउने मन्त्री पाण्डेकाे दावी


  •   बुधबार, फागुन १०, २०७९
  • चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्रको भरतपुर र माडीलाई जोड्ने बाटोमा अण्डर पास गराउन सहरी विकास मन्त्री विक्रम पाण्डे कस्सिएका छन् । चितवन क्षेत्र नं ३ बाटै निर्वाचित पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर र माडीका जनतालाई निकुञ्जभित्र सहज यात्रा गराउन कस्सिएका हुन् । जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँमा अण्डर पास बनाएर सडक पिच गर्न पाण्डे लागिपरेका छन् । खाल्डो स्थानमा अण्डर पास बनाउन सकिने उनलाई विश्वास छ । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो नेतृत्वको डेलिगेशन टोली मन्त्रालयमै पुगेपछि मन्त्री पाण्डे यसतर्फ सकरात्मक देखिएका छन् । डेलिगेशन टोलीसँग भेटका क्रममा मन्त्री पाण्डेले तत्कालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाललाई बोलाएर निकुञ्जभित्र अण्डरपास बनाउन ईआईएको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । चितवन आएका बेला उनले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसँग पनि भेट गरि अण्डरपास सहितको पिच निर्माण कार्यबारे छलफल गरेका छन् । एक ठाउँबाट दुई वटा हात्ती ओहोरदोहोर गर्न मिल्ने गरी अण्डर पास बनाएमा त्यसले सबै जनावरको लागि काम गर्ने पाण्डेको तर्क छ । ‘दुई वटा हात्ती आरामले क्रस हुन मिल्ने अण्डर पास हुनुप¥यो’, उनले भने, ‘छोटो ब्रिज भयो भने भाइब्रेशन कम हुन्छ । लामो भयो भने भाइब्रेशन पनि बढी हुन्छ । अहिले पनि दिनभर धुलो त उडिरहेको छ । त्यसले जनावरलाई असर गरेको छ ।’ त्यसको लागि ईआईए अध्ययन तुरुन्त गर्न उनले आग्रह गरे । क्यामरा राखेर जनावर अक्सर क्रसिङ हुने ठाउँको पहिचान गर्न सकिने निकुञ्जका प्रमुख आचार्य बताउँछन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.