×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो नारायणी नदी सम्मेलन


  •   मङ्गलबार, फागुन ०२, २०७९
  • गैँडाकोट । १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नारायणी नदी सम्मेलन सकिएको छ । ‘स्वच्छ नदी, स्वस्थ जीवन’ का लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिदैँ नदीमा आश्रीत जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखि कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदुषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन् । कार्यक्रमको समापन सत्रका वक्ताहरुले सबैजना हातेमालो गर्दै अघि बढे नदी स्वच्छता कायम राख्न सकिने बताएका थिए । यसमा अझै स्थानीय पालिकाहरुले जिम्मेवार बोध गरी अघि बढ्नुपर्ने बताएका थिए । उनीहरुले अधिकारका कुरा उठाउँदै गर्दा कर्तव्य नभुल्न आग्रह गरेका छन् । कार्यक्रममा गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागु गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको बताउँदै उहाँले सरसफाई कायम राख्न सबैलाई आग्रह गर्नुभयो । सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सचेतना फैलाउने, सिमसार क्षेत्रहरुको संरक्षण, नदीमा आश्रित तटीय क्षेत्रका परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने लगायत क्रियाकलापसँगै तीनै तहका सरकारलाई घचघचाउने काम गरेको बताउनुभयो । साथै उहाँले सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । ग्रिन पिक्सेलका परामर्शकता बासुदेव न्यौपानेले घोषणापत्रबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिककृत राजु घिमिरे, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङ्गाना संरक्षणकर्मी राजेश शाह लगायतले बोल्नुभएको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा करिब २ दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए । डब्लु डब्लु एफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सम्मेलन भएको हो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.