×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

महायज्ञमा भक्तजनकाे घुइँचो, सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास


  •   सोमबार, फागुन ०१, २०७९
  • चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा आज भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । आज (सोमबार) सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज १९औँ दिनमा आइपुगेको छ ।

    Advertisement

    महायज्ञमा आज सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहेका भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुन् । उनले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न आज योगी पिताम्बर र आमन्त्रित कथावाचक बुद्धिसाग भण्डारी आएका महायज्ञका प्रमुख कथावाचक परशुराम पाण्डेयले जानकारी दिए । महायज्ञमा शनिबारदेखि शिव महापुराण आरम्भ भएको छ । श्रीमद्भागवत महापुराण समापन भइसकेको छ भने श्रीमद्देवी भागवत महापुराण हुन बाँकी छ ।

    महायज्ञमा जम्मा तीन वटा पुराण वाचन हुने उनले बताए । महायज्ञ अन्तिम चरणतर्फ लाग्दै गर्दा भक्तजनको सहभागीता बढ्दै गएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुँदै छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.