×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पशु पालनबाट मासिक दुई लाख आम्दानी गर्दै भवानी


  •   सोमबार, फागुन ०१, २०७९
  • इन्दीप कोइराला,बारा, १ फागुन । बाराकाे निजगढ नगरपालिका–५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन् ।

    Advertisement

    सापकोटाले पाँच भैँसीबाट सुरू गरेको बकैया ठाकुर पशु फर्म व्यवसाय अहिले करिब ६५ वटा भैँसी र २२ वटा पाडापाडीले भरिभराउ छ । भैँसीमा पालनमा रमाएकी सापकोटा परिवारले २०७५ सालबाट मात्रै भैँसी पालन सुरु गरेकी थिइन् । उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । उनले भैँसी, खसी, कुखुरा पनि पाल्दै आएकी छिन् । अहिले सापकोटा परिवारलाई खसीबोका तथा कुखुरा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर फार्ममै पुग्ने गरेको उनी बताउँछिन् । हाल ६० वटा खसी तथा बाख्रा र एक सय ५० भन्दा बढी कुखुरा समेत पालन गरेकी सापकोटा भन्छिन्, ‘निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको छ ।’

    २०७५ सालमा पहिले पटक मधेश प्रदेशबाट ४ लाख युवा लक्षित कार्यक्रमबाट पाइएको भए पनि त्यसपछि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सापकोटाको भनाइ छ । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने सापकोटालाई त्यसयता राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छिन् ।

    ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्याे । तर कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन,’ उनले भनिन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । तर वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग नमिलेकोमा उनी गुनासो गर्छन् ।

    दुहुना भैँसीबाट दैनिक ३०० लिटर दूध बिक्रीहुदाँ मासिक दुई देखी दुई लाख ५० हजार सम्म आम्दानी हुने उनको भनाई छ । यस बाहेक खसी कुखुराबाट वार्षिक ७ लाख आम्दानी गर्दै आएको उनले बताइन् ।

    भैंसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको विक्रिबाट ब्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । सापकोटा परिवारको अवाश्यकता यसबाट नै पूरा हुदै आएको छ । पशु पालन व्यवसाय सुरु गरेको करिब ५ वर्ष वितेको छ । अहिले सापकोटा परिवार पशु पालन ब्यवासयबाट सन्तुष्ट देखिन्छन ।

    थोरै लगानीबाट सुरु गरिएको पशुपालन ब्यवसायले सुन्तुष्टि हुने र कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रैका लागि उनी दरिलो उदाहरण बनेकी छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.