रत्ननगर, माघ ८ । प्रतिनिधि सभा सांसद कल्पना मिँयाले रत्ननगरका मुश्लिम, थारु तथा विपन्न समुदायका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्नुभएको छ । माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको उहाँले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो।
नेकपा माओवादी केन्द्र रत्ननगरले शनिवार कार्यक्रम आयोजना गरेर बालवालिकालाई कपडा वितरण गरिएको हो ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई,प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली,नगर कमिटी अध्यक्ष श्याम बरालले सयुक्त रुपमा बालवालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मिँयाले पहिलो महिनाको तलबबाट विपन्न बर्गका वालवालिकालाई गरेको सहयोग उदाहरणीय रहेको बताउँदै गरिव र दुखी माथी सासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिब बीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताउनुभयो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



