×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मरेका मरेइ एक सिँङ्गे गैँडा, संरक्षणमा चासो कम भएको गुनासो बढ्यो


  •   आइतबार, माघ ०८, २०७९
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै विश्वकै दुर्लभ वन्यजन्तु एक सिँङ्गे गैँडाको मृत्यु हुनेक्रम बढ्दै गएको छ । निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा मात्रै १० वटा गैँडाकोट मृत्यु भएको हो ।

    Advertisement

    पछिल्लो समय चोरी सिकारीबाट २ गैँडाको मृत्यु भएपछि यो संख्या बढेको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार पछिल्लो समय माघ ६ गते दुई वटा गैँडा मृत भेटिएको हो । उहाँका अनुसार नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका २ स्थित चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक नारायणी नदिको उत्तरी किनार स्थित नदिको बगर क्षेत्रमा बच्चा गैडा मृत भेटिएको हो । करिव ४ वर्षको भाले गैँडा विद्युतीय धरापमा परेर मरेको हुन सक्ने र थप निकुञ्ज कार्यालयबाट अनुशन्धान भैरहेको छ । त्यस्तै सोही ठाउँमा माउ पोथी गैँडा मृत भेटिएको हो ।

    दिनको १२ः२४ बजे स्थानीयको सुचनाको आधारमा घटनास्थल पुग्दा मृत अवस्थामा भेटिएको र गैँडाको खाग काटी लगेको अवस्थामा करिव १४ बर्ष को गैँडा मृत भेटिएको थियो ।
    सम्भावित चोरी शिकारी निकुञ्ज कार्यालयबाट थप अनुशन्धान भैरहेको र विद्युतीय धरापमा पारेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।
    योसंगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०७९÷०८० मा मृत्यू हुने गैडाको संख्या १० वटा रेकर्ड गरिएको निकुञ्जले जनाएको छ ।
    २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज एक सिँगे गैँडाका लागि प्रख्यात मानिन्छ । वर्षेनी लाखौँ पर्यटक गैँडा हेर्नैका लागि आउने गर्दछन् । राज्यले गैँडा संरक्षणमा करोडौँ बढी बजेट खर्चेपनि चोरी सिकारीलाई रोक्न निकुञ्ज भने असफल वन्दै आइरहेको छ । केही वर्ष चोरी सिकारीको शुन्य वर्ष मनाएपनि निकुञ्जभित्र गस्ती र पेट्रोलिग बढाउँदा मृत हुने गैँडाको संख्या भेटिने र संख्या वढ्न सक्ने संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।
    राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा गैँडा फेला परेका थिए । गैँडा पाइने मुख्य चार स्थानमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ३, बर्दीया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास वन क्षेत्रमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा फेला परेका थिए ।
    २०७७ साल चैत ९ देखि २८ गतेसम्म ५७ वटा हात्तीको प्रयोग गरेर गैँडा गणना गरिएको थियो । २५० जना जनशक्ति खटिएका उक्त गणनाबाट गैँडाकोट संख्या उत्साहजनक पाइएपनि चोरी सिकारी नियन्त्रणमा नआउँदा यसले चिन्ता थप्दै लगेको छ । गैँडा गणना गर्नका लागि मात्रै राज्यको १ करोड १० लाख र विभिन्न सहयोगी संस्थाको ३० लाख गरी १ करोड ४० लाख बजेट बिनियोजन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.