चितवन, माघ ८ । चितवनको भरतपुर महानगरपालिका वडानम्वर १० का सवै सडक मापदण्डमा ल्याउन पहल थालिएको छ । महानगरले ३५ दिने सूचना निकालेपछि त्यसको कार्यान्वयनका लागि पहल सुरु भएको हो ।
वडाअध्यक्ष परमेश्वर खनालका अनुसार ३५ दिनपछि वडाका सडक भत्काइने होकी भन्ने डर जनतामा भएपनि त्यो सत्य होइन । म्याद सकिएपनि पहिला जनतालाई त्यसको निर्णय गर्ने अधिकारी दिनुपर्ने र त्यसपछि पनि कार्यान्वयन नभए वल्ल भत्काउने गरी पहल अघि बढाइएको बताउनुभयो ।
३५ दिने सूचना निकालेर वर्तमान सडकको मापदण्ड र भावि निर्माण गर्ने सडकको मापदण्डवारे छलफल सहित कार्यान्वयनमा ल्याउन पहल सुरु भएको वडाअध्यक्ष खनालले जानकारी दिनुभयो । वडाभित्र रहेका २८ वटा टोल समितिका अध्यक्षहरुलाई अहिले भएका सडकको अवस्थावारे चाँडै जानकारी गराउन आग्रह भइसकेको र चाँडै भेला राखेर आफ्नो टोल भित्र कतिवटा वाटाहरु छन् र ती कति कति मापदण्डका हुन् एकी गरेर वडामा पठाउन भनिएको हो ।
अहिले कुनै सडक ९ मिट,र ६ मिटर, १६ मिटर भनिएको छ । ती सवै सडकलाई मापदण्डमा ल्याउन आफ्ना टोलभित्रका वाटाको विवरण पठाउन र मापदण्डमा नभएका सडकहरु जनता स्वयम्ले कार्यान्वयनमा ल्याउन पहिला समय दिनुपर्नेगरी छलफल अगाडि बढाएको खनाको भनाई छ ।
टोलवाट आएका निर्णयहरुलाई वडाभेला राखी सर्वसम्मत सहित कुन सडक कति मिटर हो त्यसको यथार्थ विवरण राखीने भएको हो । वडाभेला यही २० गते हुनेछ ।
जनतालाई सवै वाटाहरुमा डोजर लाग्छ र भत्कन्छ भन्ने सोच भएपनि त्यो सत्य नभएको र आफूलाई आवश्यक पर्ने सडक कति मिटरको चाहिएको हो त्यसको निर्णय गर्न जनता आफैलाई दिनुपर्ने उहाँको भनाई छ । भत्काउन पर्ने सडक भएपनि त्यहीका जनतालई जानकारी गराउने र सोही अनुसार लागू नभए वल्ल महानगरले कदम लिन आग्रह गर्नेगरी छलफल भइरहेको उहाँको भनाई छ ।
सडकको मापदण्ड निर्धारण पछि एक हप्ताको समय दिनुपर्ने र उक्त समयभित्र पनि टोलले काम नगरे वडाले पहल लिने र सकेसम्म वनेका सडक भत्काइहाल्न भन्दा त्यसको व्यवस्थापनमा चासो दिन जोड दिइएको र आगामी निर्माणका कार्यहरु हुँदा भएका ऐन नियमको पूर्ण पालना हुनेगरी काम गराउन सवैले पहल गर्नुपर्नेमा खनालको जोड छ ।
महानगरले माघ ४ गते सूचना जारी गरेर सडकको वास्तवविक चौडाई पत्ता लगाएर भेला मार्फत सर्वसम्मत गरी विवरण पठाउन भनिएको थियो । सोही अनुसार माघ २० गते वडा १० को भेला वस्ने छ । भेलामा प्रत्येक टोलमा रहेका सडक, ती सडकका हालको चौडाई र प्रस्तावित चौडाई उल्लेख गरी पेश गर्न भनिएको छ ।
भरतपुर १० का सडक तत्काल भत्किदैनन् : वडाअध्यक्ष खनाल
भरतपुर १० का सडक तत्काल भत्किदैनन् : वडाअध्यक्ष खनाल
Advertisement
तपाईको प्रतिक्रिया



