चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भन्सार छलेर ल्याएकाे भारतीय माछा नष्ट गर्ने निर्यण गरेकाे छ ।
आज बैठक बसेर साे निर्यण गरिएको हाे ।
प्रशासन कार्यालय चितवनको सभाहलमा प्रमुख जिल्ला अधिकारी
आसमान तामाङकाे अध्यक्षतामा बैठक बसेर बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय को पत्र अनुसार निर्णय गरिएको हाे ।
Advertisement
सराेकारवालाहरुसंग बैठक बसेर भन्सार छलेर आएका भारतीय माछा, अस्थकर र नेपाल
को कानूनले निषेध गरेका माछाहरू फेला परेमा क्वारेन्यइन
चेकपोष्ट रामनगर, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ
केन्द्र भरतपुर र जिल्ला प्रशासन कार्यालय चितवन
को प्रतिनिधिको रोहवरमा त्यस्तो माछाहरू नष्ट गरिने भएको हाे । नष्ट गर्ने कार्यमा मत्स्य व्यवसायी संघका प्रतिनिधिलाई पनि संलग्न गर्ने निर्णय भएको प्रशानले जानकारी दिएको छ ।



