चितवन । चितवनमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्युु भएकाे छ ।
Advertisement
भरतपुर महागरपालिका २९ भतेरी जंगलमा नारायणगढबाट जुगेडी तर्फ आई रहेको ना८ख ४५६२ नम्बरको टिपरले जुगेडीबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश०६-००१प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिंएकाे हाे ।
स्कुटर चालक तनहुं देवघाट ५ बस्ने बर्ष अं.५१/५२ को बिक्रम तामाङकाे मृत्युु भएको हाे ।
गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा तामाङकाे उपचारको क्रममा मृत्यु भएको हाे ।
टिप्पर र टिप्पर चालक सिन्धुली कमलामाई बस्ने बर्ष २९ का सुमन बरुवाललाइ नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।



