×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग


  •   शुक्रबार, भदौ २४, २०७९
  • २४, भदौ, चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले आर्थिक सहयोग गर्नुभएको छ ।
    संस्थापक अध्यक्ष सुवेदीले छोरा रजत सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत रू.१०,१५५ पत्रकार कल्याणकारी कोषका लागि सहयोग गर्नुभएको हो । संस्थापक अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वमा जन्मिएको संस्थाले राम्रो कामका लागि चालेको कदममा अरुलाईसमेत प्रेरणा मिलोस् भनेर कोषमा सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोषलाई थप बलियो बनाउन आफ्नोतर्फबाट सहयोग गर्ने वचन दिनुभएको छ । संस्थापक अध्यक्ष सुवेदीले प्रेस चौतारी चितवनलाई अझै बलियो, सम्वृद्ध र पत्रकारहरुको सुखदुःखको सहयोगी बनाउन संगठनले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संस्थापक अध्यक्षले कोषका लागि गरेको सहयोगले थप हौसला र उर्जा मिलेको बताउँदै चितवनका पत्रकारहरुलाई परेको पिरमर्कामा संगठन साथमा रहने बताउनुभयो । अध्यक्ष पण्डितले संस्थापक अध्यक्षसहितको टिमले रोपेको चौतारी रुपी विरुवाको शिलत छहारीमा आफूहरु गोलवन्ध भएर ओत लाग्न पाएको भन्दै संस्थापक अध्यक्षप्रति धन्यवाद दिनुभयो । यहीँ भदौ १२ गतेबाट कोषमा हालसम्म रु.५५,१५५ सहयोग संकलन भैसकेको छ ।
    पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितको भनाई छ । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनु पर्नेछ । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.