×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कालिकामा बनेको कर्भडहल वडालाई हस्तान्तरण


  •   शुक्रबार, भदौ १७, २०७९
  • रत्ननगर । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ मा क्षेत्रीय स्तरको कभर्डहल हस्तान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गरेको सो कर्भडहल मन्त्री ढकाल र दाहालले वडाध्यक्ष बीरेन्द्र तामाङलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । सो कर्भडहलको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र श्रम,रोजगार मन्त्री यातायतमन्त्री घनश्याम दाहलले सयुंक्त रुपमा उद्घाटन गरेका थिए ।
    सो अबसरमा मन्त्री ढकालले खेलकुदको माध्यमबाट पनि देशलाई समृद्धि ल्याउन सकिने बताए ।
    प्रदेशले खेल प्रर्वद्धनको लागि हरेक वडामा कर्भडहलमा पूर्वाधार सहित बनाउने लक्ष्य सहित कर्भडहल बनाईएको बताए । खेलले स्वास्थ्य क्षेत्रमा मात्र नभई खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो क्ष्मता प्रर्दशन गर्न सकिने बताए । खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै व्यवसायिक खेलको लागि प्रशिक्षकको आवश्यक पर्ने उनको भनाई थियो र
    अर्का मन्त्री दाहालले एक स्थानीय तह एक कर्भडहल योजना अनुुसार कालिकामा कर्भडहल निर्माण गरिएको बताए । आफ्नो कार्यकालमा यस्ता थुप्रै योजना बनाउन सफल भएको भन्दै उनले खेलको माध्यमबाट देशलाई चिनाउन मदत हुने उनको भनाई थियो ।
    कार्यक्रमका सभापति एवं वडाध्यक्ष स्याङतानले २ बर्ष अभि निर्माण शुरु भएको यो कर्भड हालै मात्र सम्पन्न गरी वडालाई हस्तान्तरण गरिएको बताए । यो कर्भडहलको संंंरक्षणको दायित्व वडाको रहेकोभन्दै यसलाई आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । सबैको साझा प्रयासले मात्र कर्भडहल निर्माण सम्पन्न भएको भन्दै आभार प्रकट गरे ।
    कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्तबीर स्याङतान,भिमोदय माविका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल,स्थानीय खेलप्रेम िदीपेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए ।

    Advertisement

    प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयको १ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको सो कर्भडहल अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुने छ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कर्भडहल निर्माण गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.