×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने


  •   मङ्गलबार, भदौ १४, २०७९
  • चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले दिएको जानकारी अनुसार पुरस्कार प्रदान गर्ने पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र कुलप्रसाद काफ्ले रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । भदौ महिना भित्र नै प्रदान गर्ने चौतारीले जनाएको छ ।
    सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्ने प्रेस चौतारी चितवनले जनाएको छ । दुई पत्रकारले सम्मानसहित जनही १०/१० हजार नगद रकम पुरस्कार पाउनेछन् । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पाेटिङ विषय होस् वा निकुञ्जमा रिर्पाेटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताए ।
    एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव, प्रवासी नेपाली मञ्च पूर्वी एशिया महादेशीय कमिटीका अध्यक्ष एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष डा.सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् । प्रेस चौतारी चितवनले गत बर्षबाट जोखिम पत्रकारिता पुरस्कार दिन सुरु गरेको हो । गत बर्ष चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र ‘चितवन आज’ अनलाइनका हिरालाल आचार्यलाई जोखिम पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.