×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

निकुञ्जका कारण माडीमा परेको समस्या समाधान हुन्छ: मन्त्री यादव


  •   शनिबार, साउन ०७, २०७९
  • चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।

    Advertisement

    निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललगायतको उपस्थिति थियो ।

    माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आवश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्ट रुपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए ।

    माडी चितवन क्षेत्र नं ३ मा पर्दछ । जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए ।

    महानगर प्रमुख दाहालले भनिन्, “मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ ।” माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खरकट्टा बगई सडक निर्माण र भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका थिए ।

    प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएकोे थियो । यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएकामा सो विषयमा पनि छलफल सकारात्मकरुपले अघि बढेको महानगरप्रमुख दाहालले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.