×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चुनावमा जनलहर बढाउन सक्रिय भयाे राप्रपा


  •   बुधबार, साउन ०४, २०७९
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संघ र प्रदेशसभा चुनावमा जनमत बढाउने गतिविधिलाई तीव्र पार्ने भएको छ । स्थानीय निर्वाचनमा राप्रपा चितवनबाट उम्मेदवार भएकाहरुलाइ भरतपुरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा चितवनमा राप्रपाको पक्षमा बढ्दो जनलहरलाई अझ बढाउने गरि चुनाव लक्षित गतिविधिहरु हुने भएको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङले विगतभन्दा चितवनमा राप्रपाको पक्षमा जनमत निकै बढेकाले आगामी चुनावमा थप जनमत बढ्ने दाबी गर्नुभयो ।

    Advertisement

    “निर्वाचन नजिकिएका छन्, चुनावी अभियानमा सबै लाग्नुपर्नेछ”, उहाँले भन्नुभयो, “राप्रपाप्रतिको जनविश्वासलाई अझ लोकप्रीय बनाउन लाग्नुपर्नेछ ।” उहाँले राष्ट्रियतानै संकटमा परेकाले जनता बेलैमा सजग हुनुपर्ने बताउनुभयो । अनुदान, परियोजना तथा भ्रमणका बहानामा नेपालमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो । “देशको राष्ट्रियतानै संकटमा पुगेको छ, अब राष्ट्रवादी शक्ति राप्रपालाई जनताको घर–घर पु¥याउन जरुरी छ”, उहाँले भन्नुभयो, “ठुला भनिएका दलहरु असफल भैसकेका छन्, अब राप्रपा बाहेक अरु विकल्प छैनन् ।”

    राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राप्रपाका एजेण्डा र जनपक्षीय कामहरुले जनमत अझ बढ्ने बताउनुभयो । भरतपुर महानगरका उपमेयरका उम्मेदवार हिमला गुरुङले राप्रपाले स्थानीय तह चुनावमा पाएको जनमतलाई अझ बढाउन संगठनहरुलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो । बधाई तथा सम्मान कार्यक्रममा माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारी, भरतपुर–१२ का वडासदस्य सञ्जय थापा, खैरहनी–१ का वडा सदस्यका उम्मेदवार अरुण नेपालले राप्रपालाई संघ र प्रदेश चुनावमा अझ बलियो र शसक्त बनाइने बताउनुभयो । जोगाउन राप्रपानै सक्षम रहेको बताउनुभयो । राप्रपाबाट यसपाली स्थानीय तह चुनावमा चितवनमा ११ जना निर्वाचित भएका छन् ।

    जसमध्ये माडी १ र ८ मा वडाध्यक्ष, भरतपुर महानगरमा ४ जना र माडीमा ५ जना वडा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह चुनावमा चितवनबाट १ जनामात्रै वडा सदस्यमा निर्वाचित भएका थिए । यसपाली स्थानीय तहको चुनावमा चितवनबाट राप्रपाका ३ सय ६३ जना उम्मेदवारहरु थिए । जसमध्ये ४ जना मेयर, ६ जना उपमेयर, ७० जना वडाध्यक्ष र २ सय ८३ जना वडासदस्यका उम्मेदवार बनेका थिए । राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेको थियो ।

    यसैबीच, यही असार २३ गते निधन हुनुभएका राप्रपाका युवा नेता अनुज लोहनीको परिवारलाई राप्रपा चितवनले आर्थिक सहयोग गरेको छ । ७५ हजार १५ रुपैयाँ नगद सहयोग गरिएको थियो । स्वर्गीय लोहनी स्थानीय तह चुनावमा भरतपुर–७ बाट वडा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.