×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

साउन सुरुसंगै देबघाटमा मेलाकाे तयारी तीव्र, १ लाख ५० हजार भक्तजन आउने अपेक्षा


  •   आइतबार, साउन ०१, २०७९
  • चितवन । आजदेखि साउन महिना सुरु भएकाे छ । साउन लागेसंगै प्रशिद्द धार्मिक तीर्थस्थल देवघाटधामलाइ व्यवस्थित पारिदै छ । भाेलि साेमबार समेत भएकाले तयारी थालिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयाे ।
    अहिले देवघाट प्रवेश गर्ने सडककाे पुल बिग्रेको र बैकल्पिक बाटाेका लागि डाइभर्सन निर्माण गरेकाे उहाँले बताउनुभयाे । डाइभर्सन भरपर्दो गराउन पर्याप्त ग्राभेल हालिएको घिमिरेकाे भनाइ छ । चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीलाइ पत्राचार गरेर सुरक्षा व्यवस्था मिलाउन भनिएकाे छ भने साथै इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीलाइ समेत चिठी पठाएर सुरक्षा व्यवस्था मिलाउन लागिएको बताउनुभयाे । सुरक्षा र बाटाेकाे आगमनलाइ प्रमुख प्राथमिकता दिएकाे उहाँको भनाइ छ ।
    चितवन र तनहुँ तर्फ झलमल्ल गराउन बत्ती जडान गरिएको र चितवनतर्फ वडाले समेत साे कार्यकालागि सहयाेग गरेकाे घिमिरेकाे भनाइ छ। समितिले समेत बत्ती जडान गरेकाे र अध्याराे महसुस हुन नदिने दाबी गर्नुभयाे ।
    त्यस्तै मुख्य एवम् महत्त्वपूर्ण मानिएकाे स्नान स्थलमा सुरक्षा दिन शसस्त्र प्रहरीलाई समेत बाेलाईएकाे छ । समितिले खर्च व्यहाेर्ने गरी बाेट समेत राखिने छ । साथै बाेटेहरु आफ्नाे डुंगा सहित सुरक्षा दिने उहाँको भनाइ छ ।
    काेभिडका कारण हुन नसकेकाे साउनेसंक्रान्ति मेला तथा भक्तजनकाे कम आगमन भएपनि याे पटक भने कुनै राेकताेक नलगाईएकाे उहाँको भनाइ छ ।
    काेभिड न्युन रहेकाले याे वर्ष प्रतयेक साेमबार १५ देखि २० हजार र अन्तिम साेमवार ५० देखि ७५ हजार भक्तजन आउने अपेक्षा समितिले गरेकाे छ ।
    पांच वटा साेमबार परेकाले याे पटककाे बाेलबम मेला समेत थप रमाइलो हुने आशा गरिएको छ।
    मेला अवधिभर १ लाख ५० हजार भक्तजनहरु आउने अपेक्षा सहित साेही अनुसार तयारीमा जुटेकाे घिमिरेको भनाइ छ । देवघाट जस्ताे पवित्र पावन ठाउँमा स्नान गर्न देश तथा विदेशबाट भक्तजनहरु आउने गर्दछन् । संगमस्थलमै नुहाउने अपेक्षा भक्तजनहरुकाे हुने भएकाले कुनैपनि दुर्घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएकाे उहाँको भनाइ छ । पार्किङका लागि भने ठेक्का दिएकाे र सडकमा भने ट्राफिक प्रहरीले सवारी आवागमनकाे व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.