×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा बिरामीकाे चाप


  •   मङ्गलबार, असार २८, २०७९
  • भरतपु । भरतपुर अस्पतालमा ओपीडी सेवा लिन आउने बिरामीको घुँइचो बढेको छ । सार्वजनिक बिदाका कारण अस्पतालको सेवा दुई दिन बन्द हुँदा सोमबार अस्पतालको ओपीडीमा आउने बिरामी बढेका हुन् । अस्पतालको ओपीडी सेवामा मानिसको घुइँचो बढे पनि लाइनको व्यवस्थापनमा अस्पताल चुकेको छ । अस्पतालमा बिरामीहरुको राम्रो व्यवस्थापन नहुँदा बिरामी मारमा परेका छन् । विशेषतः ज्येष्ठ नागरिकहरुलाई समस्या हुने गरेको छ । अस्पतालले ज्येष्ठ नागरिक तथा युवाको लागि छुट्टै लाइनको व्यवस्थापन गरेको छ । तर, छुट्टै लाइनको व्यवस्था भएपनि बीचबीचमा मान्छे घुस्ने तथा आफ्ना मान्छेको काम भीत्रबाट गर्दा बिरामी मारमा परेको हुन् । जसको कारण समय समयमा पालो मिचेको भन्दै सेवाग्रहीहरुबीच झगडा पनि हुने गर्छ । त्यस्तै एक जानले मात्रै नभएर सबैले यसको व्यवस्थापन गर्न आवाज उठाउनुपर्ने सेवाग्रहीकोे भनाइ छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारले अत्यधिक मात्रामा बिमाको कार्ड बाँढ्दा समेत सरकारी अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो । त्यस्तै बिमाको कार्ड बाँढे अनुसार सरकारले कर्मचारी भने थपेको छैन । जसको कारण अस्पतालमा भीडभाड भएको छ । पौडेलकाअनुसार हाल अस्पतालमा कालजारका बिरामी केही मात्रामा आएका छन् । तर कोरोना र अन्य रोगका बिरामी भने छैनन् । भरतपुर माहानगरपालिका–२५ की योगमाया भण्डारीका अनुसार सरकारका कारण यहाँ मानिसले धैरै सुख पाएका छन् जसको कारण उपचारको लागि अस्पताल आउँदा पनि लाइन बसेर बिरामीले पसिना बगाउन पर्छ । उहाँले भन्नुभयो, “म औषधि प्रमाणित गर्न आएर लाइनमा बसेको पनि तीन घण्टा भन्दा बढी भइसक्यो, र अस्पतालले यो औषधि यो मान्छेले खाएको हो भनेर प्रमाणित गर्न छाप हान्ने गर्छ त्यो छाप लगाउन म लाइनमा छु ।” त्यस्तै अस्पतालले बिमाबाहक र बिमा नहुनेको टिकट काट्ने ठाउँको राम्रो व्यवस्थापन नभएको कारण जनताले दुख पाएको उहाँको भनाइ छ । पछिल्लो समय रक्तचापका कारण कयौँ व्यक्तिले ज्यान गुमाएका छन् । जसको कारण मान्छेको जीवनमा रक्तचाप परीक्षण गर्नु अति आवश्यक हुने गर्छ । त्यस्तै अस्पतालमा पैसा तिर्न, टिकट काट्न तथा परीक्षण गर्न पनि लाइन बस्नु पर्छ । यो व्यवस्थापन गर्न अन्य निकायले नभएर अस्पतालले नै पहल गर्नु पर्ने र कर्मचारी खटाउनुपर्ने उहाँको धारणा छ । अस्पतालमा उपचारको लागि आउनुभएकी बिन्दु परियार भन्नुहुन्छ, “हाल अस्पतालले टिकट अनलाइनबाट पनि काट्नसक्ने जानकारी म जस्तो पढेलेखेकोले त बल्ल थाहा पाएको छु भने अन्यले कसरी थाहा पाउँछन् ?”

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.