चितवन । नवलपुरकाे गैंडाको ११ बस्ने एक युवतीले केटा साथी बनाएर २६ लाख बढी ठगी गरेकाे भन्दै प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नम्वर ११ घर भएकी बर्ष २६ कि सम्भावी पौडेल पक्राउ परेकी हुन् ।
उनले भरतपुर १ बस्ने ५३ वर्षीय पुरुषलाई फेसबुकबाट साथी बनाएर २६ लाख ४५ हजार सात सय रुपैयाँ ठगि गरेकाे चितवन प्रहरीले जानकारी दिएकाे छ।
विभिन्न बाहाना बनाई आफू र आफन्तको नाममा उक्त रकम लिएर त्यसपछि सम्पर्क बिहिन भएपछि आफू ठगिएको भन्दै ती पुरुषले उजुरी दिएका थिए ।
कानून बमोजिम कारवाही गरि ठगी भएको रकम असुल उपर गरि पाँउ भनेर जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको र जिल्ला अदालत चितवनकाे अनुमतिले असार १८ गते पक्राउ गरी पक्राउ मितिबाट नै लागू हुने गरि अदालतबाट म्याद थपकाे अनुमति लिएर थप अनुसन्धान भइरहेकाे डिएसपी अधिकारीले जानकारी दिनुभयाे ।



