जापान । जापानका पूर्व प्रधानमन्त्री आबे शिन्जोको गाेली हानी हत्या गरिएको छ । आज विहान जापानको नारा शहरमा चुनावी भाषण गर्दैगरेका आबेमाथि भाषण सुनिरहेका एक पुरुषले गाेली हानेका हुन् ।
तीन बर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ बर्षिय यामागामी तेत्सुयाले जुलाई ८ तारिख बिहान ११ बजेर ३२ मिनेटमा आबेमाथि नजिकैबाट गोली प्रहार गरेकाे बताइएको छ।
घरेलु रुपमा निर्मित ठानिएको पेस्तोलबाट आवेकाे घाँटी र छातिमा दुई वटा गोली प्रहार भएको थियो । गोली प्रहारबाट ढलेका आबेलाइ अचेत अवस्थामा एम्बुलेन्समा ल्याएर टाेकियाेमा उपचार गरिएको थियाे । तर सांझ पांच बजेतिर आबेकाे निधन भएकाे बताइएकाे थियाे ।
जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तेत्सुया सन् २००५ सम्म तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा कार्यरत थिए ।
अभियुक्तलाई आवेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी अधिकारीहरूका अनुसार उनले अनुसन्धानमा आफू पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्ने उद्देश्य रहेको बयान दिएका थिए ।
आबे जापानी जनतामा रुचाइएका प्रधानमन्त्रीमा पर्छन् ।
सन् १९५४ सेप्टेम्बर २१ मा जन्मिएका आवे ६७ बर्षका थिए । आवे जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति समेत हुन् । उनले कुल २८ सय ८६ दिन जापानको प्रधानमन्त्री कार्यालय सम्हालेका थिए ।
पहिलो पटक सन् २००६ देखि २००७ र दोस्रो पटक सन् २०१२ देखि २०२० सम्म आवे जापानको प्रधानमन्त्री रहेका थिए ।



