×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

डिभिजन वन चितवनद्वारा नि:शुल्क ५० हजार विरुवा वितरण, पर्यावरण जाेगाउने उद्देश्य


  •   मङ्गलबार, असार २१, २०७९
  • चितवन । डिभिजन वन कार्यालय चितवनले नि:शुल्क विरुवा वितरण गरिरहेकाे छ ।
    बढ्दै गएकाे शहरीकरणमा पर्यावरण नष्ट हुन नदिन यसरी विरुवा वितरण गरिएको हाे।
    कार्यालयका सहायक बन अधिकृत तथा सुचना अधिकारी बालकृष्ण खनालका अनुसार याे पटक २ लाख ५० हजार वटा विरुवा हुर्काइएकाे छ । सबै नि:शुल्क वितरण भइरहेकाे हाे ।

    Advertisement

    याे पटक जिल्ला वन पैदावर आपूर्ति समितिबाट १ लाख ५० हजार र संघ सशर्त अनुदान कार्यक्रम मार्फत थप १ लाख विरुवा उत्पादन गरिएको छ । यस बाहेक फलफूल आंप, लिचिर कागती, अनार लगायतका करिव २३ हजार विरुवा बाहिरबाट खरिद गरी नि:शुल्क दिइएकाे खनालले बताउनुभयाे ।
    कार्यालयबाट मात्रै वितरण गर्दा भीड हुने र सेवाग्राहीलाइ समस्या हुने भन्दै याे पटक भने जिल्लाका आठ वटा सव डिभिजन वनकाे कार्यालयबाट फलफूलका विरुवा वितरण भइरहेको उहाँको भनाइ छ । कयुलेयती, सामुदायिक वनलाई पहिलाे प्राथमिकता र त्यसपछि उपभोक्ता , संघसंस्थालाइ दाेस्राे प्राथमिकतामा राखेर म्यान्गुइष्टिक,चाकरण्डा,कपुर,धुपी,निम,बेल,बडहर,इपील लगायतका विभिन्न ४० प्रजातिका विरुवा वितरण भइरहेकाे खनालले बताउनुभयाे । पछिल्लो समय काठजन्य तथा शहरी साैन्दर्यलाइ बढी जाेड दिएर साेही खालका विरुवा हुर्काएर वितरण गरिरहेकाे उहांले बताउनुभयाे । फलफूल बाहेकका अन्य विरुवा जाे कार्यालय परिसरकाे केन्द्रीय नर्सरीमा हुर्काएका विरुवा भने मुख्य कार्यालयबाटनै वितरण भइरहेकाे छ । कसैलाई विभेद नगरी जाे पहिला आउनुहुन्छ उहांलाइनै विरुवा दिंदै आएकाे खनालले बताउनुभयाे ।
    असार १४ गतेदेखि बितरण गर्न थालिएको हाे । हालसम्म ५० हजार विरुवा वितरण भइसकेकाे छ । गत वर्ष १ लाख ५० हजार मात्रै विरुवा वितरण गरिएकोमा अहिले २ लाख ५० हजार विरुवा हुर्काइएकाे हाे । सामुदायिक वनले लेटरप्याडमा लेखेर आग्रह गर्ने र उपभोक्ताका लागि नाम र फाेन रेकर्ड राखेर आवश्यकता अनुसार मात्रै विरुवा वितरण
    कार्तिक मंसिर सम्मनै विरुवा वितरण भइरहने खनालले बताउनुभयाे । वितरणका लागि हुर्काएका विरुवा नसकिदासम्म वितरण गरिरहने खननालले जानकारी दिनुभयाे । विरुवा वितरण पछिकाे अनुगम नहुंदा विरुवा प्राप्तिपछिकाे प्रगतिमा भने डिभिजन वन चितवनले आलाेचना खेपिरहेकाे छ । तर सूचना अधिकारी समेत रहनभएका खनालले व्यक्तिले लैजाने विरुवाको अनुगमन गर्न कठिन भएपनि सामुदायिक तथा कबुलियती वन तथा संस्था र टाेल विकासले लैजाने विरुवाकाे अनुगमन गरिने बताउनुभयाे । खनालले भन्नुभयाे,” राज्यले नि:शुल्क दिएकाे विरुवा हुर्काउने नागरिककाे दायित्व पनि हाे । व्यक्ति आफै सचेत हुनुपर्छ भन्ने लाग्छ । याे डिभिजन वनकाे सहुलियतपूर्ण कार्य पनि हाे । ”
    सामुदायिक वन र टाेलविकास संस्थाहरुले लग्ने विरुवा हुर्काएकाे प्रगति राम्रो रहेकाे खनालकाे भनाइ छ। त्यस्तै पाेहाेर भरतपुर १५ मा ट्री गार्ड सहितकाे राेड साइड प्लान्टेशनलाइ दिएकाे विरुवा लाेभलाग्दाे रुपमा हुर्किएकाे बताउनुभयाे । वितरित विरुवाकाे ९९ प्रतिशत प्रगति देखिएकाे भन्दै राम्रो कार्यगर्नेलाइ प्राेत्साहित गर्न याे पटक पनि त्यहाँ कार्यक्रम गरेकाे खनालले बताउनुभयाे । डिभिजन प्रमुखले १.३ किलोमिटरमा विरुवा राेप्ने कार्यक्रमकाे त्यहाँ शिलान्यास समेत गरिसक्नुभएकाे छ। अहिलेकाे समय एउटा विरुवा उत्पादन गर्न १० रुपैयाँ लाग्ने उहाँको भनाइ छ । त्यसरी खर्च लागेपनि वातावरण बचाउन डिभिजनले नि:शुल्क विरुवा वितरण गर्दै आइरहेको छ ।
    प्राकृति वातावरणलाइ सन्तुलनमा राख्न,चितवनकाे बढ्दाे शहरीकरणमा हरियाली थप्न,शहरी साैन्दर्यता बढाउन,पर्यावरण जाेगाउन,जैविक विवपधताकाे संरक्षणमा समेत टेवा पुर्याउने विरुवा वितरणको उद्देश्य रहेकाे खनालकाे भनाइ छ । त्यस्तै वनहरुमा हुने क्षयीकरण जाेगाउन, नाङ्गा डांडा हरियाली बनाउन साथै उपभोक्तालाइ पनि केहि आर्थिकलाभ समेत हुने भएकाले घांस प्रजातिदेखि फलफूल तथा ठूला काठजन्य विरुवा वितरण गर्दै आएकाे उहाँको भनाइ छ ।
    विरुवा विनाकाे शहरकाे परिकल्पना सम्म गर्न नसकिने भन्दै डिभिजन वनबाट लगेका विरुवा राम्रोसँग हुर्काउन उहाँको आग्रह छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.