×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

विदेशको पसीना स्वदेशमा लगानी, खुल्यो चितवन पोर्क हाउस


  •   शुक्रबार, असार १७, २०७९
  • चितवन । अझैपनि सामाजिक संजाल युटुवमा बैदेशिक रोजगारीका कारण उत्पन्न समस्या, पारिवारीक विचलन,विकृती देखिन्छ । तर चितवनका केही युवाहरुले भने वैदेशीक रोजगारीबाट रकम बचाएर स्वदेशमै लगानी गर्नुभएको छ।
    विदेशमा बगाएको पसीनालाई अहिले उहाँहरुले स्वदेशमै लगानी गरी चितवन पोर्क हाउस संचालन ल्याइएको छ ।
    फकर्मका प्रोपाइटर गोविन्द श्रेष्ठ करिव १० वर्ष विदेश वस्नुभयो । त्यहाँको मालिकले गरेको लगानी र उसले गरेको लगानीमा श्रेष्ठ सहितका कामदारले पसीना बगाउँदा प्राप्त प्रतिफल उहाँले नजिकबाट नियालिरहनुभएको थियो । त्यसैले त्यतिवेला देखि स्वदेशमै लगानी गर्ने सोँच बनाउनुभएको उहाँले आफूजस्तै विदेशमा बसेर स्वदेशमै केही व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथीसँग मिलेर उक्त फर्म संचालनमा ल्याउनुभएको श्रेष्ठ बताउनुहुन्छ ।
    रत्ननगर नगरपालिका १६ पिठुवामा बंगुर फार्म रहेको श्रेष्ठले जानकारी दिनुभयो । सोही फर्ममा उत्पादित बंगुरलाई विचौलिया विना सिधै ग्राहकसमक्ष पुर्याउन अहिले भरतपुर २ क्षेत्रपुर नयाँ सब्जीमण्डी अगाडि चितवन पोर्क हाउस प्रा.लि.संचालनमा ल्याउनुभएको हो ।
    श्रेष्ठले थप्नुभयो, “आफ्नै फर्मममा उत्पादन भएको मासुलाइ विचौलियाको हातमा पुग्न नदिन र स्वच्छ,अर्गानिक मासु सुपथ र सुव्यवस्थित रुपमा उपलब्ध गराउन हामीले यहँ संचालन गरेका हौँ । ”
    “विदेशको कमाई भलपानी जस्तो हो । कमाएर हातमा आउँदासम्म रमाइलो अनि रित्तो त्यसैले विदेशमा भएको कमाई बचतमा र बचत पछि लगानीमा जोड्नुपर्छ । आफ्नो सिकाइवारे बताउँदै श्रेष्ठले भन्नुभयो,“ पहिला काठमाण्डौमा वाख्रा फर्म खोलेपनि राम्रोसँग चलेन तर हामी हरेस खाएनौँ र अहिले बंगुर फार्म संचालन गरीरहेका छौँ । ”
    बुंगुरको मासु,जिउँदो बंगुर तथा यसको मासु होलसेल तथा खुद्रा मूल्यमा विक्रि गर्ने उहाँको भनाई छ । विदेशको कमाइ बचत गर्न नसके जीवन धान्नै कठिन रहेको बुझ्नुभएका श्रेष्ठले रकम बचतपछि लगानी गर्न सुझाव दिनुहुन्छ । त्यस्तै पुस्तान्तरणमा पनि उहाँको जोड छ । एकै पटक नाफा खोज्ने गर्दा समस्या हुने भन्दै लगानी पछि धैर्यता सँगै पुस्तान्तरण समेत आवश्यक हुने उहाँको भनाई छ।
    यही बंगुर फार्मबाट चितवन जिल्लाभरका व्यक्तिहरुलाइ समेट्न अहिले आशा कृषक समूह गठन गरी दाना पसल समेत संचालन गरिएको छ । दानाको पसल रत्ननगर २ मा छ । आफूहरुले शुद्द, अर्गानिक तथा सस्तो मूल्यमा सेवा उपलब्ध गराउने बताउँदै श्रेष्ठले आफ्नो दाना पसलबाट खरिदविक्रि गर्ने अन्य बंगुरपालक कृषकलाई बजारीकरणमा सहयोग गर्ने उहाँको भनाई छ । सम्भव भएसम्म धेरै भन्दा धेरै किसानलाई यसतर्फ आकर्षित गराउने लक्ष्य रहेको बताउँदै समूहमा जोडिन श्रेष्ठको आह्वान छ ।
    पछिल्लो व्यवसायका लागि डेकोरेशनमा मात्रै ८ लाख हाराहारी खर्च भएको र यो अझै बढ्न सक्ने उहाँको भनाई छ । माखा भन्काएर विचौलियाको विगविगी सहित मासु विक्रि वितरण भइरहेको देखेपछि आफ्नो उत्पादन सिधै ग्राहकसम्म पुर्याउने लक्ष्यले सफलता पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.