×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना चितवनमा पक्राउ


  •   बिहिबार, असार १६, २०७९
  • चितवन । जिल्लामा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ ।

    Advertisement

    प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी विक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

    पछिल्लो समय जिल्लामा मोटरसाइकल र स्कुटर चोरीको घटना बढेपछि चितवन प्रहरीले निगरानी बढाएको थियो ।

    मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय सङ्कल्प पनेरु र बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।

    उनीहरूलाई भरतपुर–९ स्थित डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरलाई परिवर्तन गरी बा प्र ०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थाको क्रसफायर मोटरसाइकलसहित पक्राउ गरिएको उहाकाे भनाइ छ ।

    प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले १२ असारमा पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त क्रसफायर मोटरसाइकल माडी नगरपालिका–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजार रुपैयाँमा विक्री गरेकाका थिए । दुरालाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको उहाको भनाइ छ ।

    उनै व्यक्तिहरूले ९ असारमा भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरलाई प्रदेश ३–०३–००१ प २८८८ नम्बरमा परिवर्तन गरी भरतपुर–२४ बस्ने २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी गाउँपालिका–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई विक्री गरेका थिए । जनमराज र सुशीललाई उक्त मोटरसाइकलसहित भरतपुर–२४ बाट पक्राउ गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    त्यस्तै, २ असारमा भरतपुर–२ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बरको प्लेट लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बारा पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई स्कुटरसहित पक्राउ गरिएको हाे ।
    १४ असारमा भरतपुर–५ स्थितमा मोटरसाइकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

    उक्त मोटरसाइकल चोरी गर्ने मानिस प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल बाटोमा नै छाडी फरार भएकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि गत असोज महिनामा सञ्चालित ‘चार्ली माइक’ अभियानबाट १४ जना व्यक्तिहरू पक्राउ परेका थिए । तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही कारागारमा छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.