चितवन । चितवनमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत “लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस २६ जुन,२०२२” को अवसरमा जिल्ला प्रशासन कार्यालय चितवन तथा जिल्ला प्रहरी कार्यालय चितवनको सहभागितामा बिहान ७ बजे भरतपुर ३ लायन्सचोकबाट प्रहरी बैण्ड बाजा
सहित लागु औषध विरुद्धको सचेतना कार्यक्रम भएकाे हाे ।
अभियानमा संलग्न रिकभरिङ्ग नेपाल बागमती प्रदेश, सामुदायिक प्रहरी कर्मचारी, महिला तथा विभिन्न आमा समुह र विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु समेत गरी र्याली निकालिएको थियाे ।
करिव ५०० जनाको सहभागिताको ऱ्याली भरतपुर १० चौबिसकोटीमा पुगी कोण सभामा परिणत भएको थियाे । सो कोण सभामा लागुऔषधको दुरुपयोग तथा अवैध ओसारपसार एवं यसकाे प्रयोग र असर सम्बन्धमा कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारी र रिकभरिङ् नेपाल बागमती प्रदेशका प्रतिनिधिले लागूऔषध प्रयोगलाइ निराकरण गर्नुपर्नेमा जाेड दिंदै कार्यक्रम समापन गर्नुभएको थियाे ।



