पाेखरा । ठूलाे पानी परेर निकास नहुंदा पोखरा–२५ को सुइँखेत क्षेत्र डुबानमा परेको छ । शुक्रबार रातिदेखि परेको अबिरल वर्षापछि झन्डै ५ सय घर डुबानमा परेका हुन् ।
पहिला धानखेत हुने स्थानमा प्लटिङ गरेर घडेरी बनेपछि बर्खाको पानीले निकास नपाएको हो । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको हो ।
डुुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका झण्डै ५ सय घर प्रभावित भएको र स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।
Advertisement



