×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खाेटाङकाे मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान


  •   मङ्गलबार, असार ०७, २०७९
  • खोटाङ । खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान थालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, नेता विष्णुुकुमार राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव सूर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, सुरक्षाकर्मी, देविस्थान सामुदायिक वन उपभोक्ता समूह लगायतको सहकार्यमा मंगलबार फूलका बिरुवा रोपेर ‘फूलको पहाड’ बनाउने अभियानको सुरुवात गरिएको हो ।

    Advertisement

    ‘फूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवागढी पुगिन्छ । मझुवागढी, कालिका भगवती मन्दीर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पैदलमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने महत्वकांक्षी परिकल्पना गरिएको छ । फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताउनुभयाे । ‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव र त्यसको बीचमा सामुदायिक वन छ,’ अध्यक्ष राईले भने, ‘फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यपर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको फाइदा नगरपालिकालाई हुनेछ ।’

    मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ । आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गरिने सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव राईले बताउनुभयाे। ‘मझुवागढीलाई फूलैफूलको डाँडा बनाएर पर्यटन प्रवर्द्धन गर्ने सपना हो फूलको पहाड,’ महासंघका प्रदेश सचिव राईले भन्नुभयाे, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर बाँकी अघि बढ्छ । हाललाई फूलको बृक्षारोपण अभियान सञ्चालन सुरु गरिएको हो ।’

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.