×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनकाे जिल्ला समन्वय समिति प्रमुखमा अधिकारी, गाेला प्रथाले एमालेकाे बहुमत


  •   मङ्गलबार, जेठ ३१, २०७९
  • चितवन । चितवनकाे जिल्ला समन्वय समितिकाे प्रमुखमा एमालेबाट नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहांले गोलाप्रथाबाट गठबन्धनका पूर्ण बहादुर रानाभाटलाइ पराजित गर्नुभएको हाे ।
    सत्तागठबन्धन र एमालेको समान ७ मत भएपछि गोलाप्रथा भएकाे हाे ।
    उप प्रमुखमा भने एकीकृत समाजवादीबाट कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित हुनुभयाे। एक जना महिला सदस्य पाएको समाजवादीको स्थानमा पनि एमालेले उम्मेदवार नउठाई  १४ मतका साथ पुजना गुरुङलाई निर्वाचित गराउन सहयाेग गरेपनि एमालेलाइ समाजवादी बाट मत नआउँदा बराबर भएपछि गाेलाप्रथा भएकाे हाे । ६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएको थियो । जसमध्ये गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    Advertisement

    खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित हुनुभयो  । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित हुनभयाे । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित हुनुभयाे । सबैको समान ७ मत प्राप्त भएको थियो ।

    महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित हुंदा गठबन्धनको मात्र नभई नेकपा (एमाले)को समेत ७ मत प्राप्त गर्नुभयाे । एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित भएका छन् । उहांहरु  दुवै जना गोलाप्रथाबाट निर्वाचित हुनुभयाे। महिला सदस्यमा  कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले समान ७ मत ल्याएपछि गोलाप्रथाबाट पराजित हुनुपर्याे ।
    एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित हुनुभयाे । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथा भएकाे हाे ।
    भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.