गैंडाकोट । नवलपुरकाे गैंडाकोट पम्पिङ स्कीम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्षमा कृष्ण प्रसाद न्याैपानेले अग्रता लिनुभएकाे छ। अर्का उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पछि पार्दै न्याैपानेले अग्रता लिनुभएकाे छ । हालसम्म न्याैपानेले ८१३ र सापकोटाले ५८७ मत ल्याउनुभएकाे छ । उपाध्यक्ष पदमा कृष्ण सापकोटाले ९९८, कुलप्रसाद शर्माले ३४१ मत प्राप्त गर्नुभएको छ ।
खुल्ला महिला सदस्यमा कमला सुनार २१२, देवी पोख्रेल ४२९,पद्मादेवी शर्मा ३९८,मिनादेवी शर्मा ३६६, रेणु श्रेष्ठ ६१३,शान्ति सापकोटा ७६२,शान्ति क्षेत्री ३६८, सुशिला आचार्य ४३७, लक्ष्मी लामिछाने पोखरेल ४५६, हिरा रिमाल भुषालले ८३६ मत ल्याउनु भएकाे छ। मतगणना जारी छ ।
५ हजार ९ सय २८ उपभोक्ता सदस्य मध्ये १ हजार ८ सय ८३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनकराज ढुङगानाले जानकारी दिनुभयो । हालसम्म ३७५ मत गनिएकाे छ।
गैंडाकोट पम्पिङकाे अध्यक्षमा न्याैपानेकाे अग्रता
गैंडाकोट पम्पिङकाे अध्यक्षमा न्याैपानेकाे अग्रता
Advertisement
तपाईको प्रतिक्रिया



