गैंडाकोट । कांग्रेसले नेतृत्व सम्हाल्न पाएकाे यस पटक गैंडाकोट नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुकाे पहिलाे कार्यपालिका बैठक सम्पन्न भएकाे छ ।
स्थानीय चुनावबाट नव निर्वाचित जनप्रतिनिधिज्युहरुलाई कार्यपालिकाको बैठकबाट कार्यबिभाजन गरिएको छ।
यसअघिको नेतृत्वले कर्मचारीलाई प्रवक्ता ताेकेर काम चलाएकाेमा अहिले भने जनप्रतिनिधिलाइनै जिम्मा दिईएकाे छ । प्रबक्तामा गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीलाइ ताेकिएकाे छ ।
भौतिक योजना एवम् पुर्वधार संयोजकमा गैंडाकोट ८ का अध्यक्ष प्रेम प्रसाद सापकोटा,सामाजिक बिकास संयोजकमा ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा,बन तथा वातावरण एवम् बिपत ब्यबस्थापन संयोजकमा २ का वडा अध्यक्ष प्रकाश सापकोटा,आर्थिक बिकास संयोजकमा ४ का वडा अध्यक्ष तेज प्रसाद घिमिरे, सुशासन बिकास संयोजकमा १७ का वडा अध्यक्ष गोपि कंडेललाइ ताेकिएकाे छ ।
राज्वस्व संयोजकमा कानुन अनुसार नगर उपप्रमुख हुने व्यवस्था अनुसार शान्ति कोइराला रहनुभएको छ ।



