सप्तरी । सप्तरीमा एक महिलाले तिम्ल्याहा बच्चा जन्माउनुभएकाे छ । जिल्लाकाे बिहुल बलान गाउँपालिका बस्ने मुनिर कला चौधरीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएकाे हाे । शनिबार विराटनगरको गेटवेल हस्पिटलमा उहांले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएकाे हाे ।
२५ वर्षीया चौधरीले दुई छोरा र एक छोरीलाई एकैपटक जन्म दिएकाे अस्पतालले जनाएको छ । एउटा बच्चाको तौल २ केजी ५ सय ग्राम र दुई जनाको २ केजी ३५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
Advertisement
डाक्टर तुलसी महतोको टोलीले शल्यक्रिया मार्फत सफल प्रशुती गराएको हस्पिटलका निर्देशक डाक्टर राजेन्द्र चौधरीले जानकारी दिनुभयाे । आमा र तीनै जना बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेकाे उहाँको भनाइ छ।



