नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले नक्कली सुन सक्कली भनेर बिक्री गर्ने दुइ जनालाई पक्राउ गरेकाे छ । नक्कली सुन बेच्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएकाे हाे। पक्राउ पर्नेमा उत्तरप्रदेश गोरखपुर घर भएका ३९ वर्षका रामप्रकाश चौधरी र भारत विहार घर भएका २४ वर्षका रुदीपक कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ । नवलपुरको गैँडाकोट, दलदले, कावासोती र डण्डा बजारमा रहेका सुनचाँदी पसलहरुमा सुन जस्तो देखिने पँहेलो धातुबाट बनेका नक्कली गरगहनाहरु बिक्री गरि ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुको खोजतलास सुरु गरेको थियो ।पक्राउ परेका दुवैजनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
Advertisement



