×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवप्रवेशी विद्यार्थीहरुलाई एनआरएनए कान्साइद्वारा स्वागत, आत्मविश्वास बढाएर अघि वढ्न सुझाव


  •   सोमबार, जेठ ०२, २०७९
  • ओसाका,जापान । एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले नेपालबाट जापान प्रवेश गर्नुभएका नयाँ विद्यार्थीहरुलाई स्वागत सहित यहाँ पालना गर्नुपर्ने नियम तथा आनिवानीवारे प्रशिक्षण दिएको छ ।
    योदोगावा वार्ड निसीमाकाजीमा ४ चोमेमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । संयोजक दीलीप शर्मा गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनएका एशिया प्यासिफिकका संयोजक पारसमणी पोख्रेलले विद्यार्थी जीवनमा पैसा मात्रै ठूलो नरहेको भन्दै समाज र समूहमा जोडिन सुझाव दिनुभयो । त्यसरी जोडिन सके जतिसमस्या भएपनि हिम्मतका साथ जुध्न सकिने बताउँदै सर्कसको सिँह नभई जंगलको सिँह वन्न सुझाव दिनुभयो । विद्यार्थीले आफ्नो आत्मविश्वास उच्च बनाएर राम्रो गुण भएका व्यक्तिहरुसँग संगत गर्न आग्रह गर्नुभयो ।
    विद्यार्थीका लागि जापान धेरै अवसरको देश भएकाले अहिले काममा भन्दा भाषामा जोड दिन सुझाव दिनुभयो । साथै यहाँको ऐन नियमलाई कडाइका साथ पालना गर्न आग्रह गर्दै अनुशासनलाइ कायम राख्न उहाँको सुझाव थियो । एनआरएनए संस्था राजनीतिक संस्था नभएको भन्दै विद्यार्थीको अभिभावक वन्ने बताउनुभयो । संस्थाले ठूलो संख्यामा विद्यार्थीहरुलाई स्वागत गरेको सायदै यो पहिलो कार्यक्रम भएको भन्दै यसरी अनुभव सुन्ने अवसर पाउनुपनि ठूलो अवसर भएको बताउनुभयो ।

    Advertisement

    कार्यक्रमका विशिष्ट अतिथि एनआरएनए आइसीसीका सदस्य दिपक कार्कीले जापानमा विद्यार्थीहरुको भविष्य उज्जवल रहेको भन्दै आत्मविश्वास बढाएर अघि वढ्न सुझाव दिनुभयो । कुनै समय ८० जना विद्यार्थीलाई एकसाथ नेपाल पठाउन लाग्दा आफू सहितले संघर्ष गरेर १ जना बाहेक सवैलाई यही राख्न सफल भएको सुनाउँदै विद्यार्थीलाई न्याय र साथ निरन्तर दिने बताउनुभयो । तर दलालहरुबाट भने बच्न आग्रह गर्दै संस्थाले राम्रो कार्य गर्दापनि विरोध गर्नेहरुलाई साधारण सदस्यवाटै निष्काशन गर्ने तयारी भएको बताउनुभयो । समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई आफूले व्यक्तिगत सहयोग गर्न समेत तयार भएको भन्दै कुनै समस्या भए निर्धक्क राख्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण गैरे, नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राना लगायतले बोल्नुभएको थियो ।
    कार्यक्रममा विषयविज्ञहरु भरत नेगी, रमेश पाठक, रमेश बाबु घिमिरे, रञ्जु लामिछाने, चुडामणी कडेँल, काशीराम सापकोटा, पूर्ण गर्बुजा, अर्जुन श्रेष्ठले जापानमा स्वास्थ्यको हेरचाहा र खानापान, यहाँको नियम कानुन, इमिग्रेशन,भिषा अवधि, पार्टटाइम जव, कोठा भाडामा लिनुपर्दाका प्रकृया, मोवाइल सीम खरिद आदिवारे जानकारी दिनुभएको थियो ।
    सचिव तेज गुरुङले संचालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।

    कार्यक्रमको समापन गर्दै संयोजक दीलीप शर्मा गैरेले यो पहिलो सेसनको कार्यक्रम रहेको र संस्थाले निरन्तर आवश्यकता अनुसार यसरी अन्तरक्रिया कार्यक्रम गर्दै लैजाने बताउनुभयो । कुनै समस्या भए एनआरएनए कान्साइको फेसवुक पेजमा म्यासेज छोड्न सकिने बताउँदै सकेको सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.