गैँडाकोट । नवलपुरका स्थानीय तहहरुमा जारी मतगणनाको अन्तिम नतिजाहरु समेत आउन थालेको छ ।
जिल्लाको बुलिङटार गाउँपालिकामा भएको मतदानको गणना अहिले जारी छ । त्यसमध्य बुलिङटार १ मा भएको मतगणना सकिएको छ । जहाँ काँग्रेसको प्यानलनै विजयी भएका छन् ।
पत्रकार टोल रानाका अनुसार वडानम्वर १ को १४७० मत गनेर सकिएको हो । जहाँ काँग्रेसका वडाअध्यक्ष उम्मेदवारले ७७३ मत ल्याएर विजयी हुनुभएको छ ।काँग्रेसबाट वडाअध्यक्षको उम्मेदवार दिल वहादुर सुर्यवंशी हुनुहुन्थ्यो । उहाँलेनै बढी मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालको चुनावमा पनि सोही वडाको वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ६०१ मत ल्याउनुभयो । महिला सदस्यले ७३१, दलित महिला सदस्यले ७४४, वडा सदस्य १ मा ७३० र वडासदस्य २ जनामा ७३८ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष उम्मेदवारलाई ६४४ र उपाध्यक्ष उम्मेदवारलाई ७३६ मत प्राप्त भएको छ ।
नेकपा एमालेबाट भने गाउँपालिका अध्यक्षलाई ७४४ र उपाध्यक्षको उम्मेदवारलाई ६१७ मत प्राप्त भएको छ । अन्य वार्डको मतगणना जारी छ ।
बुलिङटार गाउँपालिका १ मा काँग्रेसको प्यानलनै विजयी
बुलिङटार गाउँपालिका १ मा काँग्रेसको प्यानलनै विजयी
Advertisement
तपाईको प्रतिक्रिया



